फागुन २१ काठमाडौं : दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली होसमा आएका छन्। ओली होसमा आएको र नयाँ मिर्गौलाले काम गर्न सुरु गरेको चिकित्सकले जनाएका छन्।
प्रत्यारोपित मिर्गौलाले काम गर्न सुरु गरिसकेको र प्रधानमन्त्री ओलीले पिशाव पनि फेरेको चिकित्सकहरुले बताएका छन्। उनीहरुका अनुसार अहिले प्रधानमन्त्रीको काटिएको शरीरको घाउमा टाँका लगाउने काम भइरहेको छ।
अबको केहि समयमै प्रत्यारोपणको सम्पूर्ण काम सकिने र पत्रकार सम्मेलन मार्फत जानकारी गराइने बताइएको छ।
प्रधानमन्त्री ओलीको २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।