logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • यू-१९ विश्वकप : आज नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै

    यू-१९ विश्वकप : आज नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै

    2.1K
    Shares
    यू-१९ विश्वकप : आज नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं । नेपाली यू-१९ क्रिकेट टोलीले आज आइसिसी यू-१९ विश्वकपको दोस्रो खेल खेल्दैछ । दोस्रो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

    यो खेल बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा हुँदैछ।

    आइतबार पहिलो खेल खेलेको नेपालल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएपछि दोस्रो खेल जित्नै पर्ने दबाब छ।

    समूह चरणको अन्तिम खेल नेपालले माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ।

    दक्षिण अफ्रिकामा सुरु भएको १५ औँ संस्करणको यू-१९ विश्वकपमा नेपालसहित विश्वका १६ राष्ट्र सहभागी छन्।

    १६ देशलाई चार समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘डी’ मा छ। यो समूहमा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend