फागुन २१ काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ।त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार प्रधानमन्त्री ओलीको दोस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न भएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको हो । त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका थिए। उनीसंगै उनको टिममा अन्य १५ जनाभन्दा बढी विशेषज्ञ चिकित्सक, नर्स र स्वास्थ्यकर्मी खटिएका थिए ।
त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरु उत्तम शर्मा, सुवास आचार्य, सुमन चापागाई, भोजराज लुइँटेल, सुजीव पौडेल, दिव्यासिंह शाह, रमेशसिंह भण्डारी दिलीप शर्मा प्रधानमन्त्रीको उपचार संलग्न रहेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोण सफल गराउनका लागि भारतबाट दुई वरिष्ठ चिकित्सक आएका थिए ।डाक्टर अनन्त कुमारसँगै अर्का भारतीय प्रख्यात डाक्टर दिनेश खुल्लर पनि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण प्रक्रियामा सहभागी भएका हुन् । युरो सर्जन अनन्त कुमारले प्रत्यारोपणको क्रममा निगरानी गरे भने नेफ्रोलोजिस्ट डा. दिनेश खुल्लरले प्रत्यारोपणपछि निगरानी गर्ने छन् ।
प्रधानमन्त्री ओलीले यसअघि अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका थिए। उक्त मिर्गौलाले काम गर्न छोडेपछि उनले दोश्रो पटक प्रत्यारोपण गर्न लागेका हुन। उनलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गर्न लागेकी हुन्। जसका लागि प्रधानमन्त्री ओली र समिक्षा संग्रौला दुबैजना हिजो (सोमबार) अस्पताल भर्ना भएका थिए ।