काठमाडौँ । आईसीसी यू–१९ विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेल आज नेपालले अफगानिस्तानसँग खेल्दै छ ।
यसअघि भएको दुवै खेलमा पराजित भएको नेपाललाई सुपर सिक्समा प्रवेश गर्न आज जित्नै पर्नै दबाब छ ।
नेपाल यसअघि न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भैसकेको छ ।
यता, सुपर सिक्समा प्रवेशका निम्ति अफगानिस्तान पनि जितको दबाबमा छ । अफगानिस्तानले पनि यसअघि पाकिस्तानसँग १८१ रन र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार व्यहोरेको थियो ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ ।