logo

२०८१ पुष ११ बिहिबार

logo
  • बिहिबार, ११ पुष २०८१
  • ‘प्रत्यारोपण सफल भए पनि नयाँ मिर्गौलाले स्वीकार नगरे मृत्यु हुन्छ’

    ‘प्रत्यारोपण सफल भए पनि नयाँ मिर्गौलाले स्वीकार नगरे मृत्यु हुन्छ’

    1.8K
    Shares

    फागुन २२ काठमाडौं: बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको सफल प्रत्यारोपण भएको छ। त्रिवि शिक्षण अस्पतालमा ओलीको दोश्रोपटक मिर्गौला प्रत्यारोपण भएको हो।

    त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले भने, ‘हामीले हरेक साता बुधबार मिर्गाैला प्रत्यारोपण गर्दै आएका छौं। यो हाम्रो रुटिन हो। प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण पनि त्यसकै निरन्तरता हो।’

    उनले थपे, ‘सफलता दर पनि उच्च छ। दुईपटक मिर्गाैला प्रत्यारोपण गरेका सबै केस सफल भएका छन्।अस्पतालमा सात सय हाराहारीमा मिर्गाैला प्रत्यारोपण सफल भएको छ। हामीले ९८.९ प्रतिशत सफल दर रहेको भन्ने गरेका छौं। प्रत्यारोपण सफल भए पनि नयाँ मिर्गौलाले स्वीकार गर्न नसकेकामा मृत्यु हुने गरेको छ।’
    नेपाली चिकित्सकको टिमले प्रधानमन्त्री ओलीको मिर्गौैला प्रत्यारोपणछि हामी उत्साहित छौं। यसले मिर्गाैला प्रत्यारोपणका लागि विदेश जानुपर्दैन भन्ने सन्देश दिएको छ।’ यो समाचार आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend