काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी १९ विश्वकप क्रिकेटको अफगानिस्तानविरुद्धको आफ्नो तेस्रो खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । उक्त खेलमा अफगानिस्तानले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।यो खेलमा नेपाल र अफगानिस्तान दुबै टोली जित्नै पर्ने दबाबमा छन् ।
समूह ‘डी’ बाट पाकिस्तान र न्युजिल्यान्ड ‘सुपर सिक्स’ चरणमा पुग्ने निश्चित भइसकेकाले पनि नेपाल र अफगानिस्तान दबाबमा परेका हुन् ।
शुक्रबारको खेलमा विजयी हुने टोली समूह ‘डी’ बाट तेस्रो हुँदै ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछ ।
नेपाल र अफगानिस्तान दुबैले यसअघि दुई दुई हार ब्यहोरिसकेका छन् । नेट रन रेटमा भने अफगानिस्तानभन्दा नेपाल अगाडि छ । नेपालको नेट रन रेट ०।८०० र अफगानिस्तानको नेट रन रेट २।८६० रहेको छ ।