logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • आहा रारा गोल्डकप : पुलिससँग चर्च ब्वाइज भिड्दै

    आहा रारा गोल्डकप : पुलिससँग चर्च ब्वाइज भिड्दै

    973
    Shares

    गण्डकी, १६ माघ । पोखरामा जारी आहा रारा पोखरा गोल्डकपअन्तर्गत आज हुने अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड आमनेसामने हुँदैछन् । उक्त खेल पोखरा रङ्गशालामा दिउँसो २ः३० बजे सुरु हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

    यसअघि सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दीविरुद्ध ‘सडन डेथ’मा ७–६ को जित निकाल्दै जावलाखेल युथ क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । पहिलो सेमिफाइनल बुधबार जावलाखेल र थ्रिस्टार क्लबबीच हुनेछ ।

    आज हुने चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीचको खेलको विजेताले बिहीबार त्रिभुवन आर्मी क्लबसँग दोस्रो समिफाइनल खेल्नेछ । आगामी २० गते फाइनल खेल हुने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिए । तेइसौँ संस्करणको यस प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend