सिन्ह्वा । इजरायली सेना उत्तरी गाजाबाट फिर्ता भएको छ । इजरायली सेनाले ग्राउण्ड अपरेशन शुरु गरेपछि पहिलो पटक उत्तरी गाजापट्टीका क्षेत्रहरुबाट फिर्ता भएको हो ।
यो फिर्ता स्थायी हो वा इजरायली सेनाको स्थानान्तरण मात्र हो भन्ने स्पष्ट भइसकेको छैन । किनकि यस कदमको बारेमा इजरायली सेनाले कुनै टिप्पणी गरेको छैन ।
इजरायली फिर्तापछि दर्जनौं नागरिकहरु आफ्ना घरहरु निरीक्षण गर्न ती क्षेत्रहरुमा गएका थिए । केहीले इजरायली सेनाद्वारा मारिएका प्यालेस्टिनीहरुको शव लिएका थिए । इजरायल र हमास बीचको वार्तामा प्रगति भएको संकेतपछि यो फिर्ता आएको हो । जसले युद्धविराम र इजरायली बन्दीहरुलाई रिहा गर्नसक्ने बताइएको छ ।
आइतवार, संयुक्त राज्य अमेरिका, इजरायल, कतार र इजिप्टका वरिष्ठ गुप्तचर र सरकारी अधिकारीहरूबीच पेरिसमा बैठक भएको थियो । गाजामा हमास–इजरायल द्वन्द्व अन्त्य गर्ने सम्झौताको बारेमा छलफल भएको थियो ।