logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • आर्थिक संकटग्रस्त श्रीलङ्काले विश्व बैंकबाट १५ करोड डलर ऋण लिने

    आर्थिक संकटग्रस्त श्रीलङ्काले विश्व बैंकबाट १५ करोड डलर ऋण लिने

    1K
    Shares
    आर्थिक संकटग्रस्त श्रीलङ्काले विश्व बैंकबाट १५ करोड डलर ऋण लिने

    कोलम्बो, सिन्ह्वा। आर्थिक संकटग्रस्त श्रीलङ्काले वित्तीय क्षेत्र सुरक्षा नेट सुदृढीकरण परियोजनालाई आर्थिक सहयोग गर्न विश्व बैंकबाट १५ करोड अमेरिकी डलर ऋण लिने भएको छ।

    अर्थ मन्त्रालयले शुक्रबार जनाए अनुसार यो परियोजना विशेष गरी केन्द्रीय बैंकद्वारा प्रबन्धित श्रीलङ्का निक्षेप बिमा योजनामा केन्द्रित हुने बताएको छ।
    यस परियोजनाले प्रभावकारी निक्षेप बिमा योजनाका लागि अन्तरर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू अनुरूप वित्तीय र संस्थागत क्षमतालाई सुदृढ गर्ने लक्ष्य राखेको बताइएको छ।

    मन्त्रालयले जनाए अनुसार यसले रिजर्भ पनि बढाउनेछ जसले गर्दा भुक्तानी र बैंक रिजोलुसनका दायित्वहरू पूरा गर्न र वित्तीय प्रणालीमा जनताको विश्वास पनि बढ्ने छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend