logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ५ अर्ब ६५ करोड लगानीमा महाराजगञ्जमा लक्जरी अपार्टमेन्ट बनाउँदै गुडकर्मा ग्रुप

    ५ अर्ब ६५ करोड लगानीमा महाराजगञ्जमा लक्जरी अपार्टमेन्ट बनाउँदै गुडकर्मा ग्रुप

    3.9K
    Shares
    ५ अर्ब ६५ करोड लगानीमा महाराजगञ्जमा लक्जरी अपार्टमेन्ट बनाउँदै गुडकर्मा ग्रुप

    काठमाडौं । निजी क्षेत्रको गुड कर्मा ग्रुप अफ कम्पनीज प्राइभेट लिमिटेडले राजधानीको महाराजगन्जमा लक्जरी अपार्टमेन्ट ‘कर्मा रेजिडेन्स’ बनाइरहेको छ। ग्रुपले ५ अर्ब ६५ करोड ८० लाख रुपैयाँ लगानीमा लक्जरी आपर्टमेन्ट निर्माण थालेको हो। यसअघि ४ अर्ब ७९ करोड ९० लाख रुपैयाँ लगानी हुने अनुमान गरिएको थियो। यसबीचमा १८ प्रतिशत झण्डै ८६ करोड रुपैयाँ लागत बढेको ग्रुपले जानकारी दिएको छ।

    जग्गा खरिद र निर्माण र विकास लागत थप हुँदा यसको असर कूल लगानीमा परेको गुड कर्माले जनाएको छ। अहिलेसम्म कूल लागतको ३७ प्रतिशत खर्च भइसकेको छ। जग्गा खरिद र अपार्टमेन्टको निर्माणमा खर्च भएको छ। सन् २०२५ सेप्टेम्बरदेखि सञ्चालनमा ल्याउने योजना छ। लक्जरी अपार्टमेन्टको १ सय ६२ वटा कोठा रहने भएको छ। जसमा ५३ युनिट बुक भइसकेको कम्पनीले जनाएको छ।

    यसबाट ३२ करोड ३० लाख रुपैयाँ अपार्टमेन्ट बुकबाट प्राप्त गरेको छ। जसले गर्दा अपार्टमेन्टलाई लगानीयोग्य पुँजीमा सहज भएको छ। ग्रुपसँग एउटा मात्र परियोजना रहेको छ। १ अर्ब ५० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।

    रेजिडेन्सीमा ६० प्रतिशत बैंक र बाँकी ४० प्रतिशत स्वपुँजी स्वामित्व हुने गरी लगानी संरचना बनाइएको छ ।निर्माणधिन अपार्टमेन्टको ३ वटा विङस रहने भएको छ। ए, बि र सि हुनेछ। जसमा २.५ र ३.५ के अपार्टमेन्ट रहेका छन्।

    सहरी क्षेत्रमा व्यवस्थित हाउजिङ र अपार्टमेन्टको माग बढेकाले निर्माण थालिएको ग्रुपले जानकारी दिएको छ। निर्माणधीन रेजिडेन्सीमा अमेरिकी, सउदी अरेबिया र अष्ट्रेलियाको दूतावासभन्दा ३०० मिटर टाढाको दूरीमा रहेको छ।

    ग्रपले मेरियटको नयाँ फ्रेन्चाइजी ‘ले मेरिडियन’ पाँचतारे होटल पनि निर्माण गर्न लागेको छ। होटल परियोजनाका लागि मेरियटसँग सम्झौता गरेको छ।

    कम्पनीले होटलसँगै रेसिडेन्सियल लक्जरी अपार्टमेन्ट पनि निर्माण गर्ने लागेको हो । यससँगै गुड कर्मा ग्रुप अफ कम्पनीजले होटल तथा अपार्टमेन्ट विल्डिङको व्यवसायमा प्रवेश गरेको छ ।

    हाल उक्त होटल तथा अपार्टमेन्टको कन्सेप्ट तथा डिजाइन निर्माणको काम सम्पन्न भइसकेको छ । भारतमा धेरै ओटा मेरियट होलटहरूको डिजाइन र कन्सेप्टमा काम गरिसकेको नायक एण्ड एसोसिएट्सले डिजाइन तयार गरेको हो ।

    मेरिडियन होटलमा १७० रुम, एउटा क्यासिनो, एउटा बार, दुइटा रेस्टुराँ, एउटा रुफटप डाइनिङ र एउटा बैंक्वेट हुनेछन् । गुड कर्माको एकल लगानी र सञ्चालनमा निर्माण हुन लागेको होटल र अपार्टमेन्ट परियोजनामा ६ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ। जसमा होटलतर्फ ४ अर्ब ५० करोड र अपार्टमेन्टको मूल्य १ अर्ब ५० करोड रहनेछ।

    मेरियटको फ्रेन्चाइजी अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल ले मेरिडियनसँगै रहने उक्त अपार्टमेन्ट लक्जरी रेसिडेन्सियल अपार्टमेन्ट हुने र यसको प्रतियुनिट ३ देखि ५ करोड रुपैयाँसम्म पर्ने बताइएको छ।

    शिक्षा,ट्रेक कम्पनी टु दी हिमालयजको सफलता र साथीभाईको राम्रो प्रतिक्रियापछि गुड कर्मा ग्रुप अफ कम्पनीजले लगानी विविधिकरण गरी दायरालाई नयाँ ढंगले विस्तार गर्न यो व्यवसायमा प्रवेश गर्न लागेको हो। कर्मा रेजिडेन्सको स्थापना सन् २०२० मा गरिएको हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend