काठमाडौँ । बंगलादेशको ढाकामा चलिरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत खेल्दैछन् ।
खेल बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । खेलमा जित भएमा नेपाल फाइनल पुग्नेछ भने पराजित भए बाहिरिनेछ । चार टोली सहभागी प्रतियोगितामा आयोजक बंगलादेश दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ ।
नेपाल र भारतको दुई खेलबाट समान तीन अंक छ । लगातार दुई हार बेहोरेको भुटान अंक विहीन छ । नेपाल र भारतको समान अंक भए पनि भारत गोल अन्तरमा अघि छ । आजको खेलमा भारतले नेपालसँग बराबरी खेलेमा पनि फाइनल पुग्नेछ । प्रतियोगिताको फाइनल खेल पर्सि हुनेछ ।