logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • चिनियाँ प्रधानमन्त्रीले आयोजना गरेको गोष्ठीमा नेपाली प्राध्यापक पनि सहभागी

    चिनियाँ प्रधानमन्त्रीले आयोजना गरेको गोष्ठीमा नेपाली प्राध्यापक पनि सहभागी

    1.9K
    Shares
    चिनियाँ प्रधानमन्त्रीले आयोजना गरेको गोष्ठीमा नेपाली प्राध्यापक पनि सहभागी

    काठमाडौँ । प्रधानमन्त्री ली छ्याङले विदेशी विज्ञहरुका लागि आयोजना गरेको चिनियाँ नयाँ वर्ष सम्बन्धी गोष्ठीमा चीनको सियान मेडिकल विश्वविद्यालयका प्राध्यापक प्राडा राजिवकुमार झा पनि सहभागी हुने अवसर पाएका छन् ।

    फेब्रअरी ४ को दिउँसो चन्द्रमा नयाँ वर्ष नजिकिँदै गर्दा प्रधानमन्त्री ली छ्याङले बेइजिङको ग्रेट हल अफ द पिपुलमा २०२३ को चिनियाँ सरकार मित्रता पुरस्कार जितेका र चीनमा रहेर प्राज्ञिक काम गरिरहेका विदेशी विशेषज्ञहरुका प्रतिनिधिहरुसँग सौहार्दपूर्ण भेटघाट गर्नुभयो ।

    उनीहरुसँग प्रधानमन्त्रीले छलफल पनि गर्नुभएको थियो । राज्य परिषद्का उपप्रधानमन्त्री डिङ सुएङले भाग लिनुभएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ । यो भेटघाट र छलफलले चीनमा काम गरिरहेका विदेशी विशेषज्ञहरूलाई पार्टी र देशले जोडेको महत्व र चासोलाई झल्काउँछ । सो भेटघाटमा चीनको सियानमा रहेका नेपाली प्राध्यापक डा राजिव झा पनि थिए ।
    भेटपछि प्राध्यापक झाले विदेशी विज्ञहरुको नयाँ वर्षको गोष्ठीमा सहभागी हुन पाउँदा आफूलाई विशेष सम्मानित भएको र खुसी लागेको बताए । उनले सो रात्रिभोजसहितको कार्यक्रममा प्रधानमन्त्री ली छ्याङको महत्वपूर्ण भाषण सुनेपछि आफू निकै उत्साहित भएको पनि बताए ।

    प्रधानमन्त्रीको सम्बोधनले चिनियाँ सरकारले विदेशी विज्ञ र अन्य प्रकारका प्रतिभाहरुलाई दिएको ठूलो महत्व झल्काउने प्राडा झाको भनाई छ । चीनमा विभिन्न क्षेत्रका विदेशी विज्ञहरु रहेका र उनीहरु सबैले खुसियाली व्यक्त गरेको उनले बताए ।
    वैज्ञानिक अनुसन्धान र प्रतिभामा चिनियाँ सरकारको जोडको साथै चीनको दृढ संकल्प थप खुला हुने विश्वास यो कार्यक्रमपछि उनले व्यक्त गरे ।

    प्राडा झाले भनेका छन्, मसँग मेरो काँधमा रहेको जिम्मेवारी र मिसनहरुको गहिरो अनुभूति छ र भविष्यमा वैज्ञानिक अनुसन्धानको क्षेत्रमा आउने कठिनाइहरु पार गर्न थप लगनशील र समर्पित हुनेछुु । चीन र नेपालबीचको मैत्रीपूणर् आदानप्रदानमा म सेवा गर्नेछु । सदियौँदेखि रही आएको दुई देशका बीचको राम्रो सम्बन्धलाई थप सुदृढ बनाई मित्रताको पुल निर्माण गर्न आफूले आगामी दिनमा काम गर्नेछु ।

    सियान विश्वविद्यालयका प्राध्यापक डा झा हाल सियान मेडिकल कलेजको चाइना–नेपाल फ्रेन्डसिप मेडिकल ल्याबोरेटरीका निर्देशक छन् । प्रोफेसर झा गएको साढे दुई दशकभन्दा लामो समयदेखि चीनको सियानमा रहेर चिकित्सा र प्राध्यापन सेवा गर्नुका साथै नेपाल चीन सम्बन्धमा महत्वपूर्ण योगदान दिएका छन् ।

    उनलाई सियान नगरपालिका सरकारले नेपाल–सियान नागरिक राजदूतको सम्मान पनि प्रदान गरेको थियो । उनले क्रमशः सियान फ्रेन्डसिप अवार्डू, साङ्सी फ्रेन्डसिप अवार्ड, नेशनल आउटस्ट्यान्डिङ युथ अवार्ड जस्ता सम्मानहरु प्राप्त गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend