काठमाडौं । क्यानडाविरुद्धको खेलमा नेपाल विजयी भएको छ। त्रिवि मैदान क्रितिपुरमा भएको एक दिवसीय क्रिकेटमा नेपाल ७ रनले विजयी भएको हो । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा २१७ रनमा अल आउट भयो ।
पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै १० विकेट गुमाएर २२४ रन बनाएको थियो । नेपालका लागी कुशल भुर्तेलले सबैभन्दा बढी ६२ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का हानेका थिए ।
त्यस्तै आरिफ शेखले ३८ रन र सोमपाल कामी २७ रनमा बनाउन सफल भएका थिए ।