logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • सवा अर्ब लगानीमा सिमेन्ट र क्लिङकर उत्पादन बढाउँदै सोनापुर मिनरल्स, असारमा सक्ने लक्ष्य

    सवा अर्ब लगानीमा सिमेन्ट र क्लिङकर उत्पादन बढाउँदै सोनापुर मिनरल्स, असारमा सक्ने लक्ष्य

    2.2K
    Shares
    सवा अर्ब लगानीमा सिमेन्ट र क्लिङकर उत्पादन बढाउँदै सोनापुर मिनरल्स, असारमा सक्ने लक्ष्य

    काठमाडौँ । तयाल ग्रुपले सञ्चालनमा ल्याएको सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले क्लिङकर र सिमेन्ट उत्पादन क्षमता बढाउन लागेको छ । उद्योगले क्लिङकर उत्पादन क्षमता बढाएर दैनिक १ हजार ६ सय ५० टन पुर्याउने भएको छ।

    अहिले क्लिङकर उत्पादन क्षमता १ हजार २ सय ५० टन छ । सोनापुरले उत्पादन बढाउन मेसिनरी जडान गरेर ब्राउनफिल्ड परियोजना विस्तार गरिरहेको छ । मेसिन जडान गरिरहेको छ । जडानपछि कम्पनीको क्लिंकर उत्पादन १६५० टन र ग्रन्डिङको क्षमता २३०० टन विस्तार हुनेछ ।

    उद्योगले क्लिङकर क्षमता बढाउन सोनापुर मिनरल्सले १ अर्ब २४ करोड ७० लाख रुपैयाँ थप लगानी गरेको छ । जसमा बैंकबाट ८० प्रतिशत र बाँकी २० प्रतिशत संस्थापककको स्वपुँजी लगानी भएको छ । अहिलेसम्म ९० प्रतिशत काम सकिएको छ। आउँदो असारदेखि व्यवसासियक रुपमा उत्पादन थाल्ने सोनापुरले जनाएको छ । उद्योगले सिमेन्ट उत्पादनलाई बढी प्रभावकारी बनाउन उद्योगले भिआरएम प्रविधि जडान गरिरहेको छ ।

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत सोनापुर मिनरल्सको व्यापार घटेको छ। भर्खरै नेप्सेमा सूचिकृत सोनापुर मिनरल्सको व्यापार २४ प्रतिशत घटेर १ अर्ब ८० करोड १० लाख रुपैयाँमा सिमित भएको छ । २०२२ मा उद्योगले २ अर्ब ३७ करोड ५० लाख रुपैयाँ सिमेन्ट व्यापार गरेको थियो ।

    एक वर्षमा सोनापुर मिनरल्सको सिमेन्ट व्यापार साढे ५७ करोड रुपैयाँ घटेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ। २०२१ मा २ अर्ब ९२ करोड २० लाख र २०२० मा २ अर्ब ६६ करोड ९० लाख रुपैयाँ व्यापार गरको थियो । सिमेन्ट उत्पादन २९ र क्लिङकर ४४ प्रतिशत घटेपछि सञ्चालन आम्दानीमा गिरावट आएको उद्योगले जनाएको छ । कूल व्यापारमा १० ग्राहकको योगदान ७८ प्रतिशत रहेको छ।

    चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार दोस्रो त्रैमाससम्म १४ करोड ७८ लाख रुपैयाँ नोक्सानी छ । गत वर्ष भने कम्पनीले २ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    उद्योगको चुक्ता पुँजी ३ अर्ब ७ करोड रुपैयाँ छ ।

    सोनापुर मिनरल्सको ऋण ७ अर्ब ४२ करोड ३३ लाख रुपैयाँ रहेको छ । दीर्घकालिन ऋण ५ अर्ब ४२ करोड ९३ लाख र अल्पकालिन १ अर्ब ९९ करोड ४० लाख रुपैयाँ छ । उद्योगले २ अर्ब ९२ करोड रुपैयाँको साधारण सेयर (आइपिओ) निष्कासन सम्पन्न गरेको छ ।

    कम्पनीले गत असोजमा सर्वसाधारणमा प्रिमियम मूल्य प्रतिकित्ता १ सय ३७ रुपैयाँमा आइपिओ जारी गरेको थियो। उद्योगको आइपिओ कात्तिक २ मा नेप्सेमा सूचीकृत भएको हो । कम्पनीसँग हाल एउटै स्थानमा रहेका दुईवटा चुनढुंगा खानी उत्खनन अनुमतिपत्र छ ।

    सोना सिमेन्ट ब्रान्डमा ओपीसी र सोना सिमेन्ट पीपीसी तथा सोनाश्री सिमेन्टको नाममा पीपीसी उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । सोनापुर मिनरल्स सन् २००८ मा स्थापना भएको हो। उद्योग तयाल परिवारले स्थापना गरेको हो ।

    उद्योगको अध्यक्षमा रतनलाल तयाल र प्रबन्ध सञ्चालकमा निपेश तयाल रहेका छन् । तयालको रोजिन एन्ड टर्पन्टाइन, कागज, कस्मेटिक र फाइबर केबल व्यवसाय पनि छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend