logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • किसानको आन्दोलनलाई लिएर भारतमा सुरक्षा व्यवस्था कडा

    किसानको आन्दोलनलाई लिएर भारतमा सुरक्षा व्यवस्था कडा

    987
    Shares
    किसानको आन्दोलनलाई लिएर भारतमा सुरक्षा व्यवस्था कडा

    सिन्ह्वा दिल्ली । प्रहरीले किसानहरूको प्रदर्शनलाई ध्यानमा राख्दै राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारेको छ । सोमबारदेखि पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन निषेध गर्ने आदेश जारी गरिएको छ।

    दिल्ली वरपरको अन्तर(राज्य सीमानाहरूमा भारी सुरक्षा तैनाथी गरिएको छ सयौं किसानहरू यी प्रवेश र निकास बिन्दुहरूमा चिसो जाडोको सामना गर्दै सडकहरूमा धर्नामा बसिरहेका देखिन्छन् ।

    किसानले आफ्नो बालीको न्यूनतम समर्थन मूल्य बृद्धि, किसान र कृषि मजदुरलाई पेन्सन, कृषि ऋण माफी, विगतका आन्दोलनमा लागेका प्रहरी मुद्दा फिर्ता गर्नुपर्नेलगायतका विभिन्न माग राखेका छन् ।

    उनीहरुले विभिन्न राज्यका करिब २०० किसान संघले मंगलबार दिल्लीमा आयोजना गरिने विरोध प्रदर्शनमा भाग लिने बताएका छन् ।
    यसैबीच किसान युनियन र संघीय मन्त्रीहरूको समूहबीच समस्या समाधानका लागि वार्ता शुरु भएको बताइएको छ । रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend