logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • बैंकमाथि हमला हुँदा किन बोल्दैन राष्ट्र बैंक?

    बैंकमाथि हमला हुँदा किन बोल्दैन राष्ट्र बैंक?

    2.7K
    Shares
    बैंकमाथि हमला हुँदा किन बोल्दैन राष्ट्र बैंक?

    काठमाडौँ । पछिल्लो समय विभिन्न बहानामा बैंक तथा वित्तीय क्षेत्रमाथि हमला हुने क्रम बढ्दो छ। सार्वजनिक कार्यक्रमबाटै ‘क’ बर्गका विभिन्न  बैंक लक्षित हमला हुँदासमेत बैंकको नियामक निकाय नेपाल राष्ट्र बैंकले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छैन। बैंक डुब्न लाग्यो बचत गरेर राखेको रकम झिक्नु भने सार्वजनिक रुपमै प्रचार गर्दासमेत राष्ट्र बैंकले मौनता साँध्नु अस्वाभाविक देखिन्छ।

    हस्पिटल तथा मेडिकल कलेजका लागि सरकारले आशयपत्र दिएर कलेज सञ्चालन गर्ने अनुमति नदिंदा ऋणको भारले रन्थनियका दुर्गा प्रसाईको अभियान  बैंक तथा वित्तीय संस्थाविरुद्ध लक्षित छ।  त्यसमा पनि उनी  एनआइसी एसिया बैंक विरुद्ध आक्रामक अभिव्यक्ति दिदै आएका छन् । एनआईसीसंगको उनको दुश्मनी के हो त्यो उनै जानुन वा बैंक जानोस् तर  ‘क’ वर्गको बाणिज्य बैंक त्यति सजिलै डुब्छ भन्नु  र अफवाह फैलाउनु गैरकानुनी हो ।

    प्रसाईले अफवाह  फैलाए जसरी बैंक ‘क’ बर्गका बैंक सजिलै नडुब्ने बताउँछन् नेपाल  राष्ट्र बैंकका एक कार्यकारी निर्देशक।  सुनौलो नेपालसँग कुरा गर्दै  उनले भने राष्ट्र बैंकको नियमनमा रहेका सबै बैंक सुरक्षित छन। उनले भने ‘ दुर्गा प्रसाईंले भन्दैमा  कुनै पनि बैंक डुब्दैन, दुर्गा प्रसाईंको कुरा कस्ले सुनेर बैंक डुब्यो भन्छ ?’ बजारमा आएको हल्लामा कुनै पनि सत्यता नभएको ति कार्यकारी निर्देशकले बताए । दुर्गा प्रसाईले बचत निकाल्न सार्वजनिक रुपमा भनेपछि बचतकर्तालाई केही संशय पैदा भएको हुन् सक्छ तर बैंक त्यति सजिलै डुब्दैनन ।

    प्रसाईकै पछि लागेर केहीले  साच्चै एनआईसी एसिया बैंक डुब्न लागेको हो ? भन्दै समाजिक सञ्जालमै चासो व्यक्त गर्न थालेका छन् । केहीले गलत कुराको खण्डन गर्नुपर्ने बताएका छन् । केही दिनअघि एनआईसी एसिया बैंकले ५० वटा शाखा बन्द गरिदिन नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको समाचार आएपछि बैंकले विज्ञप्ति निकालेर त्यो गतल भनेको प्रष्टिकरण दिएको छ । एनआइसी एसिया  देशभर सबैभन्दा बढी शाखा सञ्जाल भएको बैंक हो ।

    अहिले बैंकको शाखा संख्या ३ सय ६० पुगेका छ । यस्तै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले विज्ञप्ति जारी गर्दै उक्त समाचार कपोकल्पितण् भएको भन्दै बैंकको गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । बैंकले रियल इस्टेट क्षेत्रमा राष्ट्र बैंकले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको भन्ने समाचार सत्य, तथ्यमा आधारित नरहेको बैंकले प्रस्ट पारेको छ ।

    रियल इस्टेटमा बैंकले आफ्नो कूल कर्जाको २५ प्रतिशतसम्म ऋण दिन सक्नेमा २०८० पुससम्म १०.१४ प्रतिशत मात्र कर्जा प्रवाह गरेको जानकारी बैंकले दिएको छ । राष्ट्र बैंकले समय समयमा स्थलगत र विशेष अनुगमन गर्छ । उनीहरुको अनुगमन गर्दा बैंकको तरल अवस्थालाई प्राथमिकता दिएर हेर्ने भएकाले यसमा एनआईसी एसियाको अवस्था सन्तोषजनक अवस्थामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    तथापि, नाफामा आएको गिरावटका कारण पुँजी पर्याप्ततामा दबाब परेको सही हो । बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७७.१८ प्रतिशत छ ।

    यस्तो छ एनआइसी एसिया बैंकको वित्तीय अवस्था

    बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ९० करोड ३८ लाख रूपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा कम हो। अघिल्लो वर्षको यसै अवधिमा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुदनाफा गरेको थियो ।

    यद्यपि दोस्रो त्रैमाशसम्म नाफामा कमी आए पनि तेस्रो र चौथो त्रैमाशमा नाफा बढ्ने संभावना छ । बैंकको खुदब्याज आम्दानी ५ अर्ब ५४ करोड १४ लाख रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी २५.५९ रुपैयाँ रहेको एनआइसी एसियाको निष्क्रिय कर्जा अनुपात १.१९ प्रतिशत मात्र छ । यो धेरै कम हो । बैंकहरुमा ५ प्रतिशत भन्दा कम खराब कर्जालाई सामान्य मानिन्छ । बैंकको प्रतिसेयर नेटवर्थ २ सय ५ रुपैयाँ छ ।

    तरलता र लगानीयोग्य रकमको पर्याप्तताको बाबजुद अर्थतन्त्रमा आएको शिथिलतका कारण कर्जाको माग न्युन हुन गयो। यस्ता चुनौतीका बाबजुद पनि बैंकको समग्र व्यवसायतर्फको वृद्धि उत्साहजनक रहेको छ। यस त्रैमासको अन्तमा बैंकको तरलता अनुपात २७.२८ प्रतिशत छ । आधारदर ९.६ र ब्याजदर अन्तर ३.९९ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको सञ्चित कोषमा १६ अर्ब २७ करोड रुपैयाँ रहेको छ।

    यस्तै चुक्ता पुँजी १४ अर्ब ९१ करोड रुपैयाँ छ । समीक्षा अवधिमा बैंकले ३ खर्ब ८१ अर्ब २६ करोड रुपैया निक्षेप परिचालन गरी २ खर्ब ८९ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थागत सुशासनलाई सदैव उच्च प्राथमिकता दिने नीति अनुसार नेपाल राष्ट्र बैंकद्वारा जारी संस्थागत सुशासन सम्बन्धी ब्यवस्था अनुरुप बैंकका सञ्चालक समिति तथा व्यवस्थापनमा कार्यरत सम्पूर्ण कर्मचारी, सेयरधनी, सर्वसाधारण निक्षेपकर्तालगायत सम्पूर्ण सरोकारवालाहरुको हितलाई सदैव उच्च प्राथमिकतामा राखी संस्थागत सुशासनको मुल्य मान्यता प्रति सदैव सजग रही कार्य गर्दै आएको बैंकले जनाएको छ ।

    संस्थागत सुशासन परिपालनाको प्रत्याभूतिका लागि प्रभावकारी संस्थागत सुशासननीति तर्जुमा गरी लागु गरिसकिएको बैंकले जनाएको छ । यद्यपि बढ्दो निष्क्रीय कर्जा र सञ्चालन लागत चुनौती भएको बैंकले स्पष्टपारेको छ । बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ । ४ अर्ब १२ करोड स्थिर सम्पत्ति छ भने ३ अर्ब ४० करोड रुपैयाँ गैरबैंकिङ सम्पत्तिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend