logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • इमरान खानको दलले ओमर अयुबलाई बनायो प्रधानमन्त्रीको उम्मेदवार

    इमरान खानको दलले ओमर अयुबलाई बनायो प्रधानमन्त्रीको उम्मेदवार

    3K
    Shares
    इमरान खानको दलले ओमर अयुबलाई बनायो प्रधानमन्त्रीको उम्मेदवार

    एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) ले ओमर अयुब खानलाई प्रधानमन्त्री पदको उम्मेदवार बनाउने भएको छ ।

    पीटीआईका वरिष्ठ नेता असद कैसरले जेलमा रहेका पूर्वप्रधानमन्त्री खानसँग भेट गरेपछि उहाँले ओमर अयुबलाई प्रधानमन्त्री पदको रूपमा अघि सार्नुभएको बताउनुभयो । ५४ वर्षीय ओमर अयुब पीटीआईका महासचिव र पूर्व सैन्य तानाशाह मोहम्मद अयुब खानको नाति हुनुहुन्छ ।

    उहाँ खैबर पख्तुनख्वा प्रान्तको हरिपुरबाट पाकिस्तान मुस्लिम लिग (पीएमएल–एन) को उम्मेदवारको रुपमा सन् २०१३ को चुनावमा हार बेहोरेपछि सन् २०१८ मा आमचुनावभन्दा अघि पीटीआईमा समावेश हुनुभएको थियो । गएको फेब्रुअरी ८ मा भएको चुनावमा कुनै पनि दलले स्पष्ट बहुमत पाएका छैनन् ।

    तर इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारले सबैभन्दा धेरै सिटमा जितेका छन् ।यसअघि पूर्वप्रधानमन्त्री नवाज शरीफ नेतृत्वको पीएमएल–एनले छ दलीय गठबन्धनमा नयाँ सरकार बनाउने बताइसकेको छ ।

    पीएमएल–एन र बिलावल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) मिलेर पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) नामको गठबन्धन बनाएका हुन् । पूर्वप्रधानमन्त्री नवाजले आफ्नो कान्छो भाइ शहबाज शरीफलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुभएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend