logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • थाइल्याण्डका महा बजिरालोङकोर्न बने विश्वकै धनी राजा, कुन राजाको सम्पत्ति कति ?

    थाइल्याण्डका महा बजिरालोङकोर्न बने विश्वकै धनी राजा, कुन राजाको सम्पत्ति कति ?

    6.7K
    Shares
    थाइल्याण्डका महा बजिरालोङकोर्न बने विश्वकै धनी राजा, कुन राजाको सम्पत्ति कति ?

    एजेन्सी । विश्वका केही मुलुकमा अझै पनि राजाहरु रहेका छन् । ति मुलुकमा भएका राजाहरु धेरै धनी छन् ।

    थाइल्याण्डका महा बजिरालोङकोर्न विश्वकै सर्वाधिक धनी राजा भएका छन् । उनको कुल सम्पत्ति ४३ अर्ब डलर छ । यो असाधारण सम्पत्ति सेयर, घर जग्गाका साथै थाइल्याण्डको सबैभन्दा ठूलो सिमेन्ट कम्पनी र बैंकको स्वामित्वबाट आएको हो । ८० वर्षसम्म थाइल्याण्डका राजाको शाही सम्पत्तिहरू क्राउन प्रोपर्टी ब्यूरोद्वारा व्यवस्थित गरिएको थियो । सन् २०१८ मा भएको विद्यार्थी आन्दोलनका बेला राजाको सम्पत्तिका बारेमा प्रश्न उठेको थियो । जसले राजाको सम्पत्तिमाथि प्रश्न उठाएका थिए ।

    विश्वको दोस्रो धनी राजाको सूचीमा ब्रुनाइका सुल्तान हसनल बोलिकयाह रहेका छन् । उनको कुल सम्पत्ति २८ अर्ब डलर छ । थाइल्याण्का राजको भन्दा सुन्तानको सम्पत्ति १५ अर्ब डलर कम छ । उनको आम्दानीको मुख्य स्रोत तेल र ग्यासमा भएको लगानीबाट ठूलो रकम प्राप्त हुने प्रतिफल हो । तेल र ग्यास ब्रुनाइको अर्थतन्त्रको मुख्य आधार हो । ब्रु्नाइको कूल ग्राहस्र्थ उत्पादन (जिडिपी) को आधा राजस्व तेल निर्भर छ । सुल्तान आफ्नो विशाल सम्पत्ति विलासितामा खर्च गर्न मन पराउँछन् । जसमा ५ अर्ब डलर भन्दा बढी मूल्यका ७ हजार कारहरूको ठूलो संग्रहका साथै धेरै निजी जेटहरू समावेश छन् ।

    तेस्रोदेखि पाँचौं स्थानमा मध्यपूर्वमा रहेका मुलुकका राजाहरू छन् । साउदी अरेबियाका राजा सलमान बिन साउद, अबुधाबी शेख खलिफा बिन जायद अल नाह्यान र दुबइका शेख मोहम्मद बिन रसिद अल मकतुम रहेका छन् । यि तीन राजाहरुको सम्पत्ति १४ देखि १८ अर्ब डलरको हारहारीमा छ । शेख खलिफा बिन जायद अल नाह्यानको २०२२ मे महिनामा निधन भएपछि उनको उत्तराधिकारी मोहम्मद बिन जायद अल नाह्यानले गरेका छन् ।

    साउदी अरेबियाका सलमानको सम्पत्ति १८ अर्ब डलर छ । यस्तै अल नाह्यानको १८ र अल मकतुमको १४ अर्ब डलर सम्पत्ति रहेको छ ।

    लक्जेम्बर्ग र लिकटेनस्टाइनका युरोपेली सम्राटहरू अर्का धनी राजा हुन् । लक्जमवर्गका राजा ग्रान्ड डुके हेनरीकेको सम्पत्ति ४ अर्ब डलर छ । यद्यपि, तिनीहरूको सम्पत्ति संख्या एकल अंकमा छ । यसपछि कतारी र मोरक्कन राजाहरू छन् । मोनाकोका प्रिन्स अल्बर्ट द्वितीय १ अर्ब डलर सम्पत्तिको साथ शीर्ष १० मा पर्छन् ।

    लिकटेनस्टाइनका राजा प्रिन्स हान्स एडम्स द्धितियको सम्पत्ति ४ अर्ब डलर छ । इस्तै कतारी राजा अमिर शेख तमिमको २ अर्ब डलर, मोरक्कका राजा मोहम्द छैठौंको २ अर्ब डलर सम्पत्ति रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend