logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • यसकारण विप्लव समुहले पड्कायो गोकुल बास्कोटाको घरमा बम

    यसकारण विप्लव समुहले पड्कायो गोकुल बास्कोटाको घरमा बम

    1.5K
    Shares

    फागुन २८ काठमाडौं: पुर्व सुचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बास्कोटाको घरमा बम बिस्फोट भएको छ । आज विहान ७ः३० मा पुर्वमन्त्री बास्कोटाको लोकन्थली स्थित घरमा कुकर बम बिस्फोट भएको हो ।

    घरमा कोही नभएका कारण मानबिय क्षति नभएपनि घरको कोठाहरुमा भने क्षति पुगेको छ । घरको बैठक कोठा , पर्खाल भत्किएको छ ।

    बम विस्फोटको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले लिएको छ। सरकारका प्रवक्ताको हैसियतमा रहेर पदको दुरुपयोग गर्दै राष्ट्र दोहन गरेकाले आफुहरुले सतर्क गराउन चेतावनी स्वरूप बम विस्फोट गराएको नेकपाले जनाएको छ।

    केहि कारणहरु देखाउँदै विप्लव समूहले बास्कोटाको घरमा विस्फोट गराएको जानकारी गराएको छ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।
    २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले ।- १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।
    १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाले ।
    मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडौँ हिनामिना गरेकाले ।
    सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।
    नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।
    राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।
    आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।
    देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend