logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • न्यायपालिकालाई नागरिकको भरोसाको केन्द्र बनाउन कानून व्यवसायीहरुको भुमिका सर्वोपरी हुन्छ : प्रधानन्यायाधीश श्रेष्ठ

    न्यायपालिकालाई नागरिकको भरोसाको केन्द्र बनाउन कानून व्यवसायीहरुको भुमिका सर्वोपरी हुन्छ : प्रधानन्यायाधीश श्रेष्ठ

    1.8K
    Shares
    न्यायपालिकालाई नागरिकको भरोसाको केन्द्र बनाउन कानून व्यवसायीहरुको भुमिका सर्वोपरी हुन्छ : प्रधानन्यायाधीश श्रेष्ठ

    काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई आम नागरिकको भरोसाको केन्द्रको रुपमा स्थापित गर्न कानून व्यवसायीहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ । सर्वोच्च अदालत बार एशोसिएशन नेपालले मंगलवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

    प्रधानन्यायाधीश श्रेष्ठले संविधान र आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा भनेको स्वच्छ, निष्पक्ष, छिटोछरितो, गु्णस्तरीय एवं प्रभावकारी न्याय सम्पादन नै भएको उल्लेख गर्दै भरोसायोग्य न्याय प्रणालीको स्थापनाका लागि सम्बन्धित पक्षले गम्भिर ढंगले आत्मसमिक्षा गर्न सक्नुपर्ने पनि बताउनुभयो ।

    उहाँले स्वतन्त्र, निष्पक्ष, सक्षम र जन आस्थामा आधारित न्यायपालिकाविना कानून व्यवसायीको प्रवद्र्धन हुन नसक्ने र सवल, सक्षम र सुदृढ कानून व्यवसायीहरुबिना सक्षम र प्रभावकारी न्यायपालिकाको परिकल्पना गर्न नसकिने सत्यलाई आत्मासात गरेर अघि बढ्न पनि कानून व्यवसायीहरुलाई आग्रह गर्नुभयो । प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई उँचो बनाएर मात्रै न्यायपालिका र कानून व्यवसायीहरु पनि विश्वासिलो बन्नसक्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘न्यायपालिकालाई आम नागरिकलाई भरोसाको केन्द्रको रुपमा स्थापित गर्न बार एशोसिएशन तथा कानून व्यवसायीहरुको भुमिका सदैव महत्वपूर्ण, आवश्यक र सर्वोपरी हुन्छ भन्ने मेरो मान्यता रहेको छ । संविधान र आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा भनेको स्वच्छ, निष्पक्ष, छिटोछरितो, गु्णस्तरीय एवं प्रभावकारी न्याय सम्पादन नै हो । सुशासन, जवाफदेहिता र उत्तरदायित्वलगायत न्यायिक मूल्य, मान्यताको जगेर्ना र त्यसलाई अनुभुतिको तहसम्म पुर्याउने कार्य त्यत्तिकै चुनौतिपूर्ण विषय हो भन्ने मलाई लाग्दछ ।

    विशेषगरी आम नागरिकहरु विश्वस्त हुने किसिमको वातावरणको निर्माण एवं ठोस र नतिजामूलक कार्य सम्पादन अहिलेको प्रमुख आवश्यकता हो । न्यायपालिकाप्रतिको आकांक्षाहरुको डिमाण्ड तथा भरोसायोग्य न्याय प्रणालीको स्थापनाका लागि हामीले गम्भिर ढंगले आत्मसमिक्षा गर्न सक्नुपर्दछ । त्यसै भित्रबाट न्यायिक सुधारका अन्तर्य र अन्तरवस्तुको पहिचान गर्न सकिएमात्र सही गन्तव्य भेटिन्छ जस्तो मलाई लाग्दछ । अदालत र कानून व्यवसाय अन्तरसम्बन्धित परिपूरक र अनुन्याश्रित पक्षहरु हुन् ।

    स्वतन्त्र, निष्पक्ष, सक्षम र जन आस्थामा आधारित न्यायपालिकाविना कानून व्यवसायीको प्रवद्र्धन हुन सक्दैन । त्यसैगरी सवल, सक्षम र सुदृढ कानुन व्यवसायीहरु बिना सक्षम र प्रभावकारी न्यायपालिकाको परिकल्पना गर्न सकिदैन । हामी सबैले यो शास्वत सत्यलाई आत्मासात गर्न सक्नुपर्दछ । हाम्रा भूमिका र जिम्मेवारीहरु फरक छन् । तर लक्ष्य एउटै हो । त्यो हो न्यायको सुनिश्चितता र न्यायपूर्ण समाजको प्रत्याभुति ।

    यस प्रकारको अन्तरसम्बन्धिको जति गहिरो मापन गर्नसक्दछौं, आपसी सम्बन्ध र सहकार्यको क्षितिज पनि त्यत्तिकै फराकिलो बन्दै जान्छ भन्ने मलाई लाग्दछ । न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई उचो नबनाएसम्म हामी विश्वासिलो बन्न सक्दैनौं । न्याय पालिकालाईं विश्वास प्राप्त संस्थाको रुपमा स्थापित गर्ने चुनौति संसारमा सबैतिर छ ।’ प्रधानन्यायाधीश श्रेष्ठले जनआस्था अनुसार न्यायपालिका चल्नुपर्नेमा आफूहरुले जोड दिएको बताउनुभयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend