logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • कारागारमा रहेका क्रेमलिनका आलोचकद्वारा नाभाल्नीको मृत्युपछि ‘निराशा’ विरुद्ध चेतावनी

    कारागारमा रहेका क्रेमलिनका आलोचकद्वारा नाभाल्नीको मृत्युपछि ‘निराशा’ विरुद्ध चेतावनी

    637
    Shares
    कारागारमा रहेका क्रेमलिनका आलोचकद्वारा नाभाल्नीको मृत्युपछि ‘निराशा’ विरुद्ध चेतावनी

    मस्को एएफपी । कारागारमा रहेका विपक्षी राजनीतिज्ञ भ्लादिमिर कारा–मुर्जाले बिहीबार रुसीहरूसँग आर्कटिक कारागारमा एलेक्सी नाभाल्नीको मृत्यु भए पनि लोकतन्त्रका लागि लडिरहन आग्रह गरेका छन् ।

    गत साता नाभाल्नीको मृत्युले रुसको विपक्षमा निराशा उत्पन्न गराएको छ । यिनीहरूमा अधिकांश निर्वासन र कारागारमा छन् वा मरिसकेका छन् ।

    तर्कसङ्गत वा भावनात्मकरूपमा के भएको हो भन्नेबारे मैले अझै पनि बुझ्न सकेको छैन तर हामी उदासी र हताससामु झुक्यौँ भने उनीहरू त्यही चाहन्छन् । हामीलाई यस्तो गर्ने कुनै अधिकार छैन, हामी हाम्रा लडेका साथीहरूप्रति आभारी छौँ”, कारा–मुर्जाले भने ।

    रुस र बेलायतको दोहोरो नागरिकता भएका कारा–मुर्जालाई गत वर्ष २५ वर्षको कारागार सजाय सुनाइएको थियो । यो राष्ट्रपति भ्लादिमिर पुटिनको कारागारमा रहेका सबै आलोचकहरूको तुलनामा सबैभन्दा लामो ज्ञात सजाय हो ।

    कारा–मुर्जा अर्का विपक्षी राजनीतिज्ञ बोरिस नेमत्सोभका पनि निकट थिए। उनको सन् २०१५ मा क्रेमलिननजिकै हत्या गरिएको थियो । साथै गत साता नाभाल्नीको मृत्युले रुसमा कैदमा रहेका क्रेमलिनका आलोचकहरूका लागि भय उत्पन्न गराएको छ ।

    कारागारमा कारा–मुर्जाको स्वास्थ्य बिग्रिएको छ । उनका वकिलहरूका अनुसार दुई पटक विष दिइएकाले उनी गम्भीर स्वास्थ्य समस्याले पीडित छन् ।

    यद्यपि साइबेरियाको कारागारबाट कारा–मुर्जाले ‘रुसलाई सामान्य, स्वतन्त्र युरोपेली लोकतान्त्रिक मुलुक बनाउने’ आशा व्यक्त गरे। “एलेक्सीले भनेका छन्  हार नमान्नुहोस्, हार मान्नु असम्भव छ”, उनले भने । रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend