फागुन २८ काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिएकी झापाकी समीक्षा संग्रौला डिस्चार्ज भएकी छन् ।
नाताले भाञ्जी पर्ने समीक्षाको मिर्गौला परीक्षणका क्रममा म्याच भएपछि उनले नै प्रधानमन्त्रीलाई मिर्गौला दिएकी थिइन्।
प्रधानमन्त्री ओलीले सन् २००८ मा पहिलो पटक मिर्गौलाको प्रत्यारोपण गरेका थिए । प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि दोश्रोपटक प्रत्यारोपण गरिएको हो।