logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • काठमाडौँमा कोरोनाको आशंकामा ६ जनालाई अस्पतालको आइसोलेसन वार्डमा राखियो

    काठमाडौँमा कोरोनाको आशंकामा ६ जनालाई अस्पतालको आइसोलेसन वार्डमा राखियो

    1.3K
    Shares

    काठमाडौं । कोरोना भाइरसको आशंकामा ६ जनालाई राजधानीका दुई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ४ जनालाई टेकु अस्पताल र २ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो ।

    बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा विकास देवकोटाले हालसम्म ४५० जनाको कोरोना परीक्षण गरिएको र कुनै पनि बिरामी नभेटिएको बताउदै संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसन वार्डमा राखिएको जानकारी दिए ।

    अहिले काठमाडौमा १५५ वटा आइसोलेसन तयारी अवस्था रहेको र पाटन विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी अस्पताल पहिले नै तयारी अवस्थामा छन् अहिले ४३ नाकामा स्थानीय तहका स्वास्थ्यकर्मीसहित हेल्थ डेक्स स्थापना गरिएको छ उनले भने ।

    त्यस्तैगरी विभिन्न ८ देशका नागरिकलाई नेपाल आउनका लागि रोक लगाइएको छ। संक्रमित देशबाट आएका मानिसलाई कोरोना नभएको सर्टिफिकेट मागिएको छ । त्यो संक्रमित देशबाट आउनेहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्छ ।

    कोरोनाको विषयमा सरकार गम्भीर रहेको पूर्व तयारीका लागि रणनीतिहरू बनाएर अघि बढिरहेको जानकारी दिइयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend