logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • जापानको चन्द्रमा ल्यान्डर चन्द्र रातपछि भयो पुनर्जीवित

    जापानको चन्द्रमा ल्यान्डर चन्द्र रातपछि भयो पुनर्जीवित

    4.1K
    Shares
    जापानको चन्द्रमा ल्यान्डर चन्द्र रातपछि भयो पुनर्जीवित

    टोक्यो एएफपी । जापानको चन्द्रमा ल्यान्डरले दुई साताको चन्द्र रातपछि ब्युँझिएर आश्चर्य उत्पन्न गरेको मुलुकको अन्तरिक्ष एजेन्सीले सोमबार बताएको छ ।मानवरहित स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (एसएलआइएम) गत महिना एउटा अस्पष्ट कोणमा तल खस्दा यसको सौर्य प्यानल गलत दिशामा गएको थियो ।

    जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जेएएक्सए) ले सूर्यको कोण परिवर्तन भएपछि ल्यान्डर दुई दिनका लागि पुनर्जीवित भएको र एउटा उच्च–विशिष्ट क्यामेरामार्फत एउटा क्रेटरको वैज्ञानिक अवलोकन गरेको बताएको छ ।

    अँध्यारो हुनेबित्तिकै यो फेरि सुत्यो । यसलाई कठोर चन्द्र रातहरूका लागि डिजाइन गरिएको थिएन । यो फेरि ब्युँझिने छ भन्नेबारेमा जेएएक्सए अनिश्चित थियो ।

    हिजो हामीले एउटा कमान्ड पठाएका थियौँ र यसको एसएलआइएमले जवाफ दिएको छ”, जेएएक्सएले सोमबार सामाजिक संचालन एक्समा भनेको छ, “एसएलआइएम आफ्नो संचार कार्यलाई कायम राख्दै चन्द्रमाको सतहमा एक रात जीवित रहन सफल भयो, अहिले पनि चन्द्रमामा दिउँसो थियो र सञ्चार उपकरणको तापक्रम अत्यधिक भएकाले थोरै समयका लागि संचार लाई बन्द गरियो ।”

    “जब उपकरणको तापक्रम पर्याप्तरूपमा चिसो हुनेछ संचालन पुनः सुरु गरिने तयारी भइरहेको छ”, एक्समा भनिएको छ । आफ्नो सटिक अवतरण प्रविधिका लागि ‘मुन स्नाइपर’ भनिने एसएलआइएम जनवरी २० मा आफ्नो लक्षित अवतरण क्षेत्रभित्र पुगेको थियो ।

    हालैका असफलताहरूपछि यो उपलब्धि जापानको अन्तरिक्ष कार्यक्रमको एउटा जित थियो । यसबाट अमेरिका, सोभियत संघ, चीन र भारतपछि चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ हासिल गर्ने जापान पाँचौँ मुलुक बनेको छ । रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend