logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • मलावीमा भीषण बाढी : एक जनाको मृत्यु, हजारौं बिस्थापित

    मलावीमा भीषण बाढी : एक जनाको मृत्यु, हजारौं बिस्थापित

    3.8K
    Shares
    मलावीमा भीषण बाढी : एक जनाको मृत्यु, हजारौं बिस्थापित

    सिन्ह्वा । मलावीका आएको भीषण बाढीका कारण एक जनाको मृत्यु हुनुका साथै हजारौँ बिस्थापित भएका छन् । दुई जिल्लाहरू– मध्य क्षेत्रको न्खोटाकोटा र उत्तरी क्षेत्रको करोंगामा बढी क्षति भएको छ ।

    बाढीका कारण न्खोटाकोटा मात्रै सात हजारभन्दा बढी बिस्थापित भएको र बिस्थापितलाई जिल्लाका नौ वटा शिविरमा सारिएको विपद् व्यवस्थापन विभाग (डीओडीएमए) ले जनाएको छ ।

    दुवै जिल्लामा घर तथा व्यापारिक संरचना ध्वस्त हुनुका साथै धान, कासवा, मकै लगायतका बालीसहितको हजारौँ हेक्टर खेतीयोग्य जमिन बगाएको छ ।

    लगातारको वर्षाले सडक र पुलमा थप क्षति पुर्याएको र प्रभावितलाई अत्यावश्यक सेवा पुर्याउने काममा अत्यधिक असर परेको बताइएको छ । मलावी तालको किनारमा अवस्थित न्खोटाकोटा र करोंगा जिल्ला बाढीको जोखिममा पर्छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend