काठमाडौं, २१ फागुन । प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ ।
संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन आ.ब. २०७९-८०’ पेश गर्ने कार्यसूची रहेको छ ।
उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सबन्धी (दोस्रो संसोधन) विधेयक २०८० माथि बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
आ.ब. २०८१-८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल प्रारम्भ गर्ने सार्वजनिक कार्यसूचीमा उल्लेख गरिएको छ ।