सिन्ह्वा । टर्कीका विदेशमन्त्री हाकान फिदानले मार्च ११ मा शुरु हुने रमजानअघि गाजा पट्टीमा युद्धविराम हासिल गर्न गम्भीर प्रयास भइरहेको बताए ।
टर्कीको दक्षिणी शहरमा आयोजित एन्टाल्या डिप्लोमेसी फोरमको समापन कार्यक्रमको आईतवार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरे ।
शुक्रबार इजिप्टका विदेशमन्त्री समेह शौकरीले पनि रमजानअघि गाजा पट्टीमा युद्धविरामको आह्वान गरका थिए ।