logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पको पक्षमा फैसला

    अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पको पक्षमा फैसला

    763
    Shares
    अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पको पक्षमा फैसला

    सिन्ह्वा । अमेरिकी सर्वोच्च अदालतले सर्वसम्मतिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प कोलोराडोमा प्राथमिक मतपत्रमा रहन सक्ने फैसला गरेको छ । राज्यको अयोग्यतालाई अस्वीकार गर्दै सर्वोच्चले ट्रम्पको पक्षमा फैसला गरेको हो ।

    ९ न्यायाधीशमध्ये तीन उदारवादी र ५ रूढिवादीहरु सबैले उक्त निर्णयमा सहमति जनाएका थिए । जनवरी ६, २०२१ मा क्यापिटल दंगा अघिका घटनाहरूमा उनको संलग्नताका कारण राज्यहरूले ट्रम्पलाई मतपत्रबाट हटाउने अनिर्णय गरेका थिए श्र तर सर्वोच्च अदालतले ट्रम्पको पक्षमा फैसला गरेको हो ।

    अमेरिकी सर्वोच्च अदालतले कोलोराडो सर्वोच्च अदालतले संविधानको १४ औं संशोधनको धारा ३ अन्तर्गत राष्ट्रपति पदका उम्मेदवारलाई अयोग्य ठहराउने निर्णय गर्ने अधिकार राज्यहरूसँग छ भन्ने गलत धारणा बनाएको बताएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend