logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • संघीय संसदअन्तर्गत् दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    संघीय संसदअन्तर्गत् दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    952
    Shares
    संघीय संसदअन्तर्गत् दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ । संघीय संसदअन्तर्गत् दुवै सदनको बैठक आज बिहीबार बस्दैछ।

    प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।

    त्यस्तै, महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

    राष्ट्रिय सभाको बैठक भने दिउँसो १ बजेर १७ मिनेटमा बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा पनि राष्ट्रपतिको कार्यालयबाट मन्त्री नियुक्ति र कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।

    त्यस्तै, प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकसेवा आयोगको ६४ औं प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend