logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • ६ महिनामा पहिलो पटक फेब्रुअरीमा बढ्यो उपभोक्ताको मूल्य

    ६ महिनामा पहिलो पटक फेब्रुअरीमा बढ्यो उपभोक्ताको मूल्य

    875
    Shares
    ६ महिनामा पहिलो पटक फेब्रुअरीमा बढ्यो उपभोक्ताको मूल्य

    बेइजिङ । एएफपी अगस्टपछि पहिलो पटक फेब्रुअरीमा चीनको उपभोक्ता मूल्य वृद्धि भएको शनिबार सार्वजनिक तथ्याङ्कले देखाएको छ ।

    बेइजिङस्थित राष्ट्रिय तथ्याकं विभाग एनबीएस का अनुसार उपभोक्ता मूल्य सूचकाकंगत महिना ०।७ प्रतिशतले बढेको छ । यो अगस्टपछिको पहिलो वृद्धि हो भने जनवरीमा उपभोक्ता मूल्य सूचकाकं ०।८ प्रतिशतले घटेको थियो ।

    ब्लुमबर्गले गरेको सर्वेक्षणमा विश्लेषकहरूले ०।३ प्रतिशतले वृद्धि हुने अनुमान गरेका थिए ।

    सन् २०२१ पछि पहिलो पटक जुलाईमा चीनमा गिरावट आएको उपभोक्ता मूल्य तथा सेवामा अगस्टमा केही समयका लागि सन्तुलन आएपनि त्यसयता मूल्यमा निरन्तर गिरावट आएको छ ।

    परम्परागत रूपमा चिनियाँ नयाँ वर्षको अवधिमा उपभोक्ता मूल्यमा वृद्धि हुन्छ, तर यस वर्षको फेब्रुअरीमा यसको मूल्यमा कमी आएको थिय। एनबीएसका अनुसार फेब्रुअरीमा उत्पादक मूल्यमा २।७ प्रतिशतले गिरावट आएको छ । रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend