सिन्ह्वा । पश्चिम सुमात्रा प्रान्तको पेसिसिर सेलाटनको इन्डोनेसियाली रिजन्सीमा बाढी र पहिरोका कारण कम्तिमा दश जनाको मृत्यु भएको शनिबार स्थानीय विपत् व्यवस्थापन निकायले जनाएको छ । उक्त घटनामा अन्य दश जना बेपत्ता भएका छन् ।
पेसिसिर सेलाटन विपत् न्यूनीकरण एजेन्सीका प्रमुख डोनी गुस्रीजलले एक विज्ञप्तिमा उद्धारकर्ताहरूले अझै पनि अन्य बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको उल्लेख गरे । बाढी र पहिरोबाट प्रभावितहरूलाई उद्धार गरिरहेका छन् ।
शनिबार बिहानसम्म भएको वर्षापछि भएको डुबानले बाटो पुरिएकोले विपत्का कारण छुट्टिएका गाउँलेहरूलाई मद्दत गर्न डुङ्गाहरूको परिचालन गरी उद्धार शुरू भएको उनले बताए।
गुसरिजलका अनुसार ४५ हजार भन्दा बढी मानिसहरू सेलाटानका विभिन्न स्थानमा अस्थायी आश्रयस्थलमा बसिरहेका छन् । बर्षा कारण २० हजारभन्दा बढी घर डुबानमा परेको र कम्तीमा आठ वटा पुल भत्किएका छन् ।
बिहीबारदेखि यस क्षेत्रमा परेको भारी वर्षाले गर्दा धेरै गाउँहरूमा पुग्ने सडक अवरुद्ध भएको छ भने स्थानीयहरू विद्युतविहीन भएका छन् । रासस