चैत ३ काठमाडौं: काठमाडौं उपत्यकामा आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी विद्यालय समय परिवर्तन गरिने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय सञ्चालन गर्न/गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।
हाल १० बजेदेखि ४ बजेसम्म रहेको विद्यालय समय काठमाडौं उपत्यका र अन्य ठूला सहरमा ट्राफिक जामको समस्या हटाउन ९ देखि ३ बजेसम्म बनाइएको हो।
कार्यालय समय र विद्यालय समय संगै भएकाले ट्राफिक जामको समस्या भएकोले कार्यालय र विद्यालय समय फरक पर्ने गरि समय मिलाइएको हो।
तत्काल काठमाडौं उपत्यकामा मात्र लागू हुने यो नियम ट्राफिक चाप बढेपछि अन्यत्रपनि लागू गरिने शिक्षा मन्त्रालयले जनाएको छ।