logo

२०८१ जेष्ठ १ मंगलबार

logo
  • मंगलबार, १ जेष्ठ २०८१
  • महासंघको पहलमा १० अर्ब पुँजी भएको लगानी कम्पनी स्थापना हुने, ठूला परियोजनामा लगानी गर्ने

    महासंघको पहलमा १० अर्ब पुँजी भएको लगानी कम्पनी स्थापना हुने, ठूला परियोजनामा लगानी गर्ने

    1.2K
    Shares
    महासंघको पहलमा १० अर्ब पुँजी भएको लगानी कम्पनी स्थापना हुने, ठूला परियोजनामा लगानी गर्ने

    काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको पहलमा मुलुकभरका उद्यमी व्यवसायीको सहभागिता रहने गरी लगानी कम्पनी स्थापना हुने भएको छ । महासंघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै लगानी कम्पनी स्थापनाको तयारी भइरहेको जानकारी दिएको हो ।

    उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्नसक्ने र कम्पनीमार्फत विभिन्न परियोजनामा लगानी गरिने जनाइएको छ । कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ हुनेछ । यसमा महासंघका सदस्यबाहेकका व्यवसायीले पनि लगानी गर्नसक्ने महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

    वीरगंज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रबाट आवश्यक पहल गरिरहेको बताए । राजनीतिक दलको आर्थिक विषयमा समान एजेण्डा हुन नसक्दा समन्वय र सुधार नभएको बताउदै अध्यक्ष ढकालले महासंघको आगामी चैत अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा सबै दलहरुको ऐक्यबद्धता खोजिने उनले जानकारी दिए ।

    महासंघले सुधारका लागि निरन्तर प्रयास गरिरहेको र गत असोजमा आयोजित बृहत् आर्थिक बहस यसको कोशेढुङ्गा सावित भएको ढकालको दाबी छ । उक्त आर्थिक बहस आयोजनापछि प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वपक्षीय भेला आयोजना गरेको स्मरण गराउँदै अध्यक्ष ढकालले त्यसपछि वित्तीय क्षेत्रमा सुधार भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend