logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • चिनियाँ अध्ययन निस्कर्ष यी ब्लड ग्रुप भएका ब्याक्तिहरुलाई कोरोना संक्रमण उच्च र कम जोखिम

    चिनियाँ अध्ययन निस्कर्ष यी ब्लड ग्रुप भएका ब्याक्तिहरुलाई कोरोना संक्रमण उच्च र कम जोखिम

    2.4K
    Shares

    सुनौलो नेपाल – विश्वव्यापी त्रास फैलिरहेकाे काेराेना भाइरसका बिषयमा चिनियाँ मेडिकल अनुसन्धानकर्ताहरूले मानिसको रगत समूहका आधारमा कोरोना भाइरसको संक्रमण फरक-फरक हुने निष्कर्ष निकालेका छन्।

    अनुसन्धानकर्ताहरूका अनुसार ब्लड ग्रुप ए भएका मानिसमा कोरोनाको संक्रमण बढी र छिटाे हुने अध्ययनले देखाएकाे छ । साथै ब्लड ग्रुप ए भएका मानिसलाई काेराेना लागिसकेपछि पनि गम्भीर अवस्था हुने अध्ययनले देखाएकाे छ । ब्लड ग्रुप ओ भएका व्यक्तिहरुलाई संक्रमण थोरै हुने अध्ययनको निष्कर्ष छ ।

    वुहान विश्वविद्यालय अस्पतालको सेन्टर फर एभिडेन्स बेस्ड एन्ड ट्रान्सलेसनल मेडिसिनको सहकार्यमा उक्त अनुसन्धान २,१७३ व्यक्तिमा अध्ययन गरिएकाे थियाे । यीमध्ये २०६ जनाको मृत्यु कोरोना भाइरसका कारण भएको थियो ।

    डेली मेलकाे अनुसार २०६ जनाको रक्त समूह छुट्याउँदा ८५ जनाको रक्त समूह ए (Blood Group A) थियो भने ५२ जनाको रक्त समूह ओ (Blood Group O) थियो । अर्थात् रक्त समूह ए करिब ४१.२६ प्रतिशत र क्त समूह ओ करिब २५ प्रतिशत मानिसको मृत्यु भयो। उनीहरु हुबेई प्रान्तका तीन अस्पतालमा भर्ना थिए ।

    ब्लड ग्रुप एका मानिसहरूले संक्रमण नहोस् भनेर व्यक्ति सावधानीमा धेरै नै ध्यान दिनु जरूरी भएकाे र उक्त अध्ययनमा लेखिएको छ,‘यो रक्त समूहका बिरामीलाई उपचारका क्रममा पनि विशेष निगरानी गर्नुपर्छ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend