logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

    प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

    714
    Shares
    प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

    काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ ।

    संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

    यसैगरी, बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेक माथि छलफल जारी रहने सचिवालयको कार्यसूचीमा उल्लेख छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend