काठमाडौँ । बैंक अफ जापान (बीओजे) ले मङ्गलवार १७ वर्षमा पहिलो पटक ब्याजदर वृद्धिमा नकारात्मक ब्याजदर नीति अन्त्य गर्ने निर्णय गरेको छ ।
जसले जापानले विगत एक दशकमा देखेको लामो समयदेखि चलिरहेको मौद्रिक सहजताबाट ठूलो परिवर्तन भएको छ । दुईदिने नीतिगत बैठकपछि केन्द्रिय बैंकको नीति बोर्डले २ प्रतिशत स्थिर मुद्रास्फीति हासिल गर्ने लक्ष्य हासिल गर्दै अल्पकालीन दरलाई शुन्य दशमलव १ देखि ०.१ प्रतिशतसम्म पु¥याउने निर्णय गरेको हो ।
ब्याजदरमा द्रुत बृद्धि रोक्नको लागि बैंकले घरायसी उपभोग सुस्त रहेकोले अर्थतन्त्रमा जारी कमजोरीलाई रेखांकित गर्दै आवश्यक भएमा जापानी सरकारी ऋणपत्रहरू खरिद गर्न जारी राख्ने प्रतिवद्धता गरेको छ ।