logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • रूसको राजधानी मस्कोमा आतंकवादी हमला, कम्तीमा ६० जनाको मृत्यु

    रूसको राजधानी मस्कोमा आतंकवादी हमला, कम्तीमा ६० जनाको मृत्यु

    1.5K
    Shares
    रूसको राजधानी मस्कोमा आतंकवादी हमला, कम्तीमा ६० जनाको मृत्यु

    मस्को । रूसको राजधानी मस्कोमा आतंकवादी हमला भएको छ । बन्दुकधारीले गरेको उक्त हमलामा परी कम्तीमा ६० जनाको मृत्यु भएको रुसी गुप्तचर निकायले जनाएको छ ।

    मस्को नजिक एक कम्प्लेक्समा म्युजिकल कन्सर्ट चलिरहेको स्थानमा सो हमला भएको बीबीसीले उल्लेख गरेको छ ।

    बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबर्गका अनुसार कन्सर्टअघि भेषमा हलभित्र प्रवेश गरेका हतियारधारीहरूले अन्धाधुन्ध गोली चलाउन थालेका थिए ।

    हमलामा १ सय ४५ जना भन्दा बढी घाइते भएका छन् । कम्प्लेक्सको छतमा आगोको ठूलो मुस्लो देखिएको थियो ।

    घटनास्थलमा पुगेका सुरक्षाकर्मीले बेसमेन्टबाट करिब एक सय जनाको उद्धार गरेका छन् ।

    हमलाको जिम्मेवारी ईस्लामिक स्टेट आईएसएसले लिएको छ । रूसको राष्ट्रिय गार्डले हमलाकारीको खोजी गरिरहेको छ ।

    मस्कोस्थित अमेरिकी दुतावासले भीडभाड हुने क्षेत्रमा नजान आफ्ना नागरिकलाई अलर्ट गरेको जनाइएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend