logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीले एसईई दिँदै

    जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीले एसईई दिँदै

    1.2K
    Shares
    जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीले एसईई दिँदै

    काठमाडौँ । चैत १५ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) हुँदै छ । देशभरबाट ५ लाख भन्दा बढी विद्यार्थीहरू एसईई दिने तयारीमा छन्। त्यसका लागि देशभर २ हजार ६४ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    जापानको एभरेस्ट स्कुलमा नेपाली विद्यार्थीहरू पढ्दै आएका छन् । त्यही स्कुलका विद्यार्थीका लागि परीक्षा केन्द्र तोकिएको हो । उक्त परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्नेछ । परीक्षा नियन्त्रक पौडेलले त्यही स्कुलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ ।

    बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार नेपाल बाहिर एउटा परीक्षा केन्द्र छ । जापानबाट २३ जना नेपाली विद्यार्थीले एसईई दिन लागेका छन् । केही वर्षयता जापानमा पनि एसईई लिँदै आएको छ ।

    हुलाकमा मार्फत उत्तर पुस्तिका पठाइएको छ भने मेलमार्फत प्रश्नपत्र पठाइने परीक्षा नियन्त्रक पौडेलले बताए । विगतमा नेपालबाटै परीक्षाको निरीक्षण गर्न जाने गरेको थियो । तर, यो वर्ष भने बोर्डबाट कोही पनि नगएको उनको भनाइ छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend