logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • ट्राफिक प्रहरीले स्थगित गर्यो मापसे कक्षा, अब जरिवाना तिरे पुग्ने

    ट्राफिक प्रहरीले स्थगित गर्यो मापसे कक्षा, अब जरिवाना तिरे पुग्ने

    1.8K
    Shares

    सुनौलो नेपाल  चैत्र ७, काठमाडौँ । बिश्वव्यापी रूपमा फैलिदै गएको कोभिड – १९ (कोरोना) भाईरस संक्रमणको जोखिमलाई मध्य नजर  गर्दै ट्राफिक महाशाखाले मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालक उपर दिदै आएको सचेतना कक्षा हाललाई स्थगित गरेको छ ।

    ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम प्रसाद ढकालका अनुसार मापसे लगायतका कारबाहीमा ट्राफिकले दिने सचेतना कक्षा बन्द गरीए पछि  चालकले कागजपत्रहरु नियमानुसारको जरिवाना तिरेर लैजान सक्ने  व्यवस्था महाशाखाले मिलाएको छ ।

    यस अघि साझमा गरिदै आएको मापसे चेकिङ्ग पनि अत्यावश्यक अवस्थामा मात्र सावधानीपूर्वक गर्ने र अन्य अवस्थामा नगर्ने तयारी ट्राफिक महाशाखाको छ।

    त्यस्तै ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार ट्राफिक प्रहरीले यात्रु माथि हुने जोखिमलाई मध्येनजर गरी उपत्यकाका मुख्य मुख्य बसपार्क एवम् भिडभाड हुने स्थानहरूमा नागरिकलाई सचेतना जगाउने तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउने गरि प्लेकार्डसहितको ट्राफिक प्रहरी टोली आजदेखि खटाईएको छ ।

     विशेष टोलीले सीट क्षमताअनुसार मात्र यात्रु राख्न, यात्रुहरूलाई कोचिएर यात्रा नगर्न, सधैँ मास्क लगाएर यात्रा गर्न, भिडभाड गरी नबस्न विशेष अनुरोध गर्नेछन ।”
    महाशाखा तथा मातहतका ट्राफिक कार्यालयहरूवाट उपत्यकाको ८६ स्थानमा २०० भन्दा बढी ट्राफिक प्रहरीहरू परिचालन गरी यो विशेष अभियान सञ्चालन गरिरहेको महाशाखाका प्रमुख ढकालले बताउनुभयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend