काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले सहकारी ठगी प्रकरणमा गृहमन्त्री समेत रहेका रवि लामिछानेको विषयमा ठाडो उजुरी मात्र परेको जवाफ दिएका छन् ।
बुधबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा आइजीपी कुँवरले सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध ठाडो उजुरी परेको तर त्यसमा तथ्य प्रमाण केही नभएको बताएका हुन् ।
उनले भने, सांकेतिक रुपमा रवि लामिछाने भन्ने आएको छ, त्यो विषयमा तत्थ्य प्रमाण कुनै छैन ।