logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • जिल्ला प्रशासन कार्यालय धादिङले भन्यो अतिआवश्यक काम बाहेक घर बाहिर कोही ननिस्कनु

    जिल्ला प्रशासन कार्यालय धादिङले भन्यो अतिआवश्यक काम बाहेक घर बाहिर कोही ननिस्कनु

    2.6K
    Shares

    चैत्र ११ – जिल्ला प्रशासन कार्यालय धादिङले अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन निर्देशन दिएको छ ।

    सोमबार नेपाल सरकार(मन्त्रिपरिषद)को निर्देशन अनुसार औषधी उपचार,खाद्यबस्तु खरिद जस्ता अति आवश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन निर्देशन दिएको हो । मंगलबार एक सूचना जारी गर्दै प्रशासनले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड–१९)को संभावित संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गते विहान ०६ बजे देखि चैत्र १८ गते विहान ०६ बजे सम्म लागु हुने गरी पूर्ण लक डाउन गर्ने निर्णय भए बमोजिम जिल्ला प्रशासन कार्यालय,धादिङले संक्रामक रोग ऐन २०२० को दफा २ को उपदफा २ र स्थानिय प्रशाशन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमाजिमको देयाहको आदेश जारी गरेको छ ।

    प्रशाशनले औषधी उपचार, खाद्यबस्तु खरिद आदी जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ती घरबाट बाहिर ननिस्कने ,स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी दुध, बिधुत, दुरसञ्चार, सुचना तथा सञ्चार, भंसार, क्वारेन्टाईन, फोहोर मैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनका लागी आवश्यक पर्ने कर्मचारीहरू उपस्थित हुने व्यवस्था मिलाउन र कर्मचारीहरूलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धीत कार्यालय प्रमुखले बिदा दिने व्यवस्था मिलाउने, जिल्ला प्रशाशन कार्यालयबाट अनुमती प्राप्त सवारी साधन स्वास्थ्यकर्मी,सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सवै प्रकारको सार्वजनिक तथा निजि सवारी साधन सञ्चालन नगर्न आग्रह गरेको छ ।

    त्यस्तै औषधी तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दुध, ईन्धन, उत्पादन गर्ने उद्योगहरू बाहेक निजी सञ्चालित अन्य उद्योग कलकारखानाहरूमा काम गर्ने श्रमिक कर्मचारीहरूलाई सम्बन्धित उद्योगहरूले बिदा दिने व्यवस्था मिलाउने , व्यवसायीहरूले औषधी र औषधीजन्य सामाग्रीहरूको नियमित आपुर्तीको व्यवस्था गर्ने ,अभाव देखाई मुल्यबृद्धी गर्ने वा कालोबजारी, जम्माखोरी वा लुकाउने वा आपुर्तीमा अवरोध गर्ने व्यक्तीलाई प्रचलित कानुन बमोजिम नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरीने र उक्त सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गरीने छ ।यो आदेश कार्यन्वयनका लागी बिपद जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले प्रमुख जिल्ला अधिकारीलाई प्राप्त अधिकार बमोजिम जिल्ला स्थित सरकारी कार्यालयका सवरी साधनलाई नियन्त्रणमा लिई बिपद जोखिम न्युनिकरणका लागी प्रगोग गरीने छ ।

    त्यस्तै भौगोलिक अवस्थालाई बिचार गरी सवारी साधन अनुमती प्राप्त गर्नका लागी नजिकको सुरक्षा ईकाई तथा स्थानीय तहका प्रमुख प्रशाशकीय अधिकारीहरूसँग समन्वय गरी जिल्ला प्रशाशन कार्यलयसँग अनुरोध गर्ने र समाचार संस्था तथा सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनको हकमा सुचना बिभागले जारी गरेको प्रेश पासलाई मान्यता दिईने प्रशाशनले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend