सुनौलो नेपाल – नेपालमा कोरोना भाइरसको संक्रमण थप एकजनामा भएको पुष्टि भएको छ ।
बुधबार थप एकजनामा संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेपछि नेपालमा कोरोना संक्रमितको सङ्ख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमित व्यक्ति केहिदिन खाडी मुलुकबाट आएको ३१ वर्षीय पुरुप हुन । उनको आईसोलेसनमा राखेर उपचार भईरहेको छ ।