चैत्र १६ – विश्वभर कोभीड १९ कोरोना भाईरसको महामारी फैलिए पछि नेपाल सरकारले यसको नियन्त्रण र रोकथामका लागी लकडाउन गरेर सबैलाई घर बाहिर ननिस्कन र भीड नगर्न सबैलाई अपिल गरेको छ।
सरकारले गरेको अपिल जनताले साथ दिई रहेका बेला एकजना पुर्व मन्त्री भने राहतको नाममा अनाश्यवक भीड जम्मा गरेर दलबल सहित राहत बाढ्न थालेको भन्दै स्थानीयले बिरोध गरेका छन्।
पुर्व स्वास्थ्य राज्य मन्त्री तथा पुर्व सूचना तथा संञ्चार मन्त्री समेत रहेका मोहन वहादुर वस्नेतले भने राहत वितरको नाममा सिन्धुपाल्चोमा अनावश्यक हुल जम्मा गर्ने काम गरिरहेको खुलेको छ।
शनिवार वस्नेतले ठूलो सङ्ख्यामा कार्यकर्ता सहितको टोलि लिएर सडक मजदुरलाई राहत दिने भन्दै आमसभाकै शैलीमा पुगेर राहत कम हल्ला बढी गरेको भन्दै जिम्मेवार ब्याक्तिले यस्तो नगर्न समेत आग्रह गरेको एक स्थानीयले जानकारी दिए।
केही चामल, नुन लिएर ठूलो कार्यकर्ताको हुल सहित सूनकोशी गाँउपालिकामा वस्नेत पुगेका थिए । वस्नेतको टोलीले गरेको गतिविधीमा स्थानियले आपत्ति जनाएका छन् । सामाजिक संञ्जालमा सुरक्षित हुन सरकारले चालेको सकारात्मक कदमको वस्नेतले ठाडो उल्लङ्घन गरेको कतिपयले उल्लेख गरेका छन् ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले असुरक्षि आवागमन तथा हुलहुज्जत गर्न नपाइने उल्लेख गरे । उनले जिल्ला विपद् व्यवस्थापन समितिले एकद्धार नीति वाट राहत सहयोग गर्ने निर्णय भैसकेको जनाए । सरकारको नीति विरुद्धको काम कतै पाईएमा कारवाही गरिने उनको भनाई छ ।