चैत्र १८ चितवन – भरतपुर अस्पताल बिकास समितिको अध्यक्षमा बरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी नियुक्त भएका छन् ।
भरतपुर अस्पतालले केन्द्रिय अस्पतालको मान्यता पाएपछि पहिलोपटक चिकित्सक मध्यवाट अध्यक्षमा डा. अधिकारी नियुक्त भएका हुन् ।
त्यसैगरी सदस्यहरूमा रमाकान्त सापकोटा, केसब देबकोटा,रमा घिमिरे नियुक्त भएका छन्। उनीहरुको कार्यकाल तीन बर्षको रहने छ।