काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रुपैँया ५ सयले बढेको छ ।
मगंलबार प्रतितोला रुपैँया १ लाख ३६ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रुपैँया १ लाख ३६ हजार ८ सय निर्धारण भएको छ ।
त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला रुपैँया १ लाख ३५ हजार छ सय ५० मा कारोबार भएकोमा महासंघले आजका लागि भने रुपैँया १ लाख ३६ हजार १ सय ५० निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा रुपैँया १५ ले बढेर १ हजार ७ सय कायम भएको छ ।