चैत्र २२ गते – विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को उच्च सतर्कता अपनाउदै नेपाल सरकारले पनि लकडाउन गरेको छ ।
बिश्व मानचित्रमा केही दिन अघिसम्म ग्रीन जोनमा रहेको नेपाल अहिले रेड जोनमा छ । यसको प्रभाव अन्य देशको तुलनामा कम भएपनि जोखिम र त्रास भने नेपालमा पनि बढ्दै छ। कोरोना कहरको जोखिम न्यूनीकरण गर्न नेपालले लकडाउनको अवधि लम्ब्याउंँदै लगेको छ । सधै बेफुर्दिला हुने राजनीतिकर्मी अहिले फूर्सदिला बनेका छन । अर्थात लकडाउनले घरमै ‘लक’ हुन बाध्य पारेको छ ।
बिहानदेखि बेलुकासम्म जनताको घरदैलो, पार्टी कार्यालय, र जनताको सेवामा तल्लिन हुने राजनीीतकर्मी के गर्दै हुनुहुन्छ त भन्ने जिज्ञासा सबैमा होला यसैको जिज्ञासा मेटाउन सुनौलो नेपाल संघीय संसदका केहि सांसदहरुसंग गरेको कुराकानी गरेका छौ। हेर्नुहोस लकडाउनमा के गर्दै हुनुहुन्छ संघीय सांसदहरु :
पैसा भन्दा पनि पारिवारिक माया ठुलो भन्ने आभास : डा. डिला संग्रौला
नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. डिला संग्रौलालाई पनि लकडाउनको समयले परिवारको माया के भन्ने आभास दिलाएको छ । राजनीतिककर्मी भएको हुँदा जहिलेपनि समयको अभाव हुने गर्दथ्यो थियो तर अहिले घरभित्रै बस्नुपर्ने बाध्यात्मक भएको हुँदा पारिवारिक माया के रहेछ भन्ने बुझ्न समय मिलेको छ ।
बिहान उठ्यो हतारहतार गरेर सांसद हिड्नुपर्ने अनि घरमा आयो दिनभरको थकाइ भोलीको तयारी कस्तो विधेक आउदैछ त्यसमा सच्याउन पर्ने वा त्यसको लागि कस्ता सुझावहरु आवश्यक छ त्यसको अध्यन त्यतिमात्रै होइन छाँया सरकारको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हालेको हुँदा यी र यस्तै कामले ब्यस्त बनाएको जिन्दगीमा अहिले यो अवधिमा चाहेर पनि यी आफ्ना क्रियाकलाप गर्न नपाउने भएको हुदा दैनिकी पुरै परिवर्तन भएको छ ।
लकडाउनका कारण परिवार बिराटनगर र म काठमाडौमा भएपनि हाल समय प्रयाप्त भएको कारण दिनमा लामो समय कुराकानीमा बिताउन पाइएकि छु यसले गर्दा परिवारले कस्तो खाना खादैछ । कस्ताकस्ता क्रियाकलाप गर्दैछन् । सबै बुझ्ने मैका समेत मिलेको हुँदा परिवारको भावना बुझ्ने अवसरको रूपमा प्रयोग गरेकी छु । त्यति मात्रै होइन मेरो दैनिकी पनि पुरै परिवर्तन भएको छ । जहिले पनि समयको अपुग हुने गर्दा राम्रोसँग खाना खाने पनि फुर्सद नहुने तर यो समयमा भने बिहानै उठ्नुपर्ने बाध्यता पनि भएन । बिहान उठेर शारीरिक ब्यायाम गर्ने आफै खाना बनाउने आफै कपडा धुने जसले गर्दा आफ्ना दैनिकी क्रियाकलाप आफै गर्ने बानिको बिकास भएको छ ।
आफ्ना क्रियाकलाप आफै गर्नुपर्छ भन्ने बानिको बिकास त पहिलेनै भएको थियो तर समय अभावका कारण यी क्रियाकलाप गर्न समय मिलेको थिएन । यो अहिलेको समयले नितान्त ब्यक्तिगत जिबनस्तरमा परिवर्तन ल्याएको छ । यति कुरा गर्दागर्दै देश र जनताको चिन्ता नभएको भने होइन आगामी दिनमा देशलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बिसयमा गहिरो अध्यन गर्ने समय पनि भएको हुँदा हालको समयलाई अध्यनको लागि पनि प्रयोग गर्ने गरेकी छु ।
महामारी एकातर्फ छदैछ तर अर्को्तिर देश र घर परिवार भन्दा ठूलो केही रहेनछ भन्ने सन्देश बाढेको यो समयले आगामी दिनमा सबै नेपाली पैसा मात्रै होइन नैतिकतासंगै परिवारसंग जिन्दगी जिउनुको सार्थकता पनि प्रष्ट पारेको र अब नेपालीहरुको जिउने सैलीमा केही परिवर्तन आउने पनि मैले देखेकि छु ।
जिल्लामा भेटिएका दुई संक्रमितले थप जिम्मेवार बनाएको छ – डा. सुर्य पाठक
नेकपाको तर्फबाट बाग्लुङ जिल्लाबाट संघिय संसदमा प्रतिनिधित्व गर्ने सासंद डा. सुर्य पाठकको यस्तो छ लकडाउनमा सक्रियतासंगै दैनिकी : विश्वभरी महामारीको रुपमा फैलिएको कोरिना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपाल पनि अछुतो हुन सकेन । यसको उच्च सतर्कताको लागि सरकारले देशनै लकडाउन गरिएको छ ।
सबैलाई घरबाट बाहिर निस्कन नहुने अनुरोध समेत गरिएको अवस्थामा यसलाई तपाईं हामी सबैले पालना गर्नैपर्ने उहाँको धारण छ । हो यो समयमा सबै घरभित्र बस्नुपर्ने हो म पनि घर भित्रै बसेको छु । तर घर भित्र बसेपनी देश र जनताप्रतिको जिम्मेवारी भने कम भने भएको छैन । हुन आफ्नो दैनिक क्रियाकलापमा केही परिवर्तन आउनुपर्ने हुन्थ्यो तर मेरो लागि त्यसो हुन सकेको छैन । नेपालमा कोरोना भाइरसका संक्रमीत देखा नपर्दासम्म सबैले उच्च सतर्कता अपनायौ अब देखि परिसकेको यो अवस्थामा भने उच्च सतर्कतालेमात्रै पुग्ने अवस्था रहेन अब उच्च सतर्कतासंगै जिम्मेवार निकायको उच्च जिम्मेवारी पनि बढ्दै गएको छ ।
पछिल्लो समय म निर्वाचित जिल्ला बाग्लुङमा देखा परेको दुई जना संक्रमितको घटनाले म मा थप जिम्मेवारीको थपेको छ । हुन त यसको लागि राज्यले सबै सयन्त्र परिचालन गरेको छ । तर मलाई जिताएर पठाउने जनता यो पीडामा परेको अवस्थामा म आरामसंग बस्न सक्ने अवस्था छैन । पछिल्लो समय बाग्लुङमा देखिएको दुई संक्रमितको घटनालाई लिएर स्वास्थ मन्त्रालय देखि स्थानीय जनप्रतिनिधि लगायत स्थानीय वासीहरुलाई सम्भावना रहनेहरुसंग भेटघाट र यो लकडाउनका कारण भेटघाट हुन नसक्नेहरुसंग फोनमा सम्बादगरेर गरि यस क्षेत्रको हस्पिटलसंगै जिल्लालाई उच्च जोखिमबाट बचाउको लागि तल्लीन भएको छु ।
सामाजिक संजाल मार्फत जनताका आवाज बुलन्द गर्दैछु- प्रकाश रसाइली स्नेही
नेपाली कांग्रेसका सांसद ने प्रकाश रसाइली स्नेही बझाङका जनप्रतिनिधि हुनुहुन्छ । लकडाउनमा उँहाको दैनिकी बारे यसो भन्नुहुन्छ : हाम्रो नेपाल मात्रै होइन यतिबेला बिश्व नै कोरोना भाइरस (कोभिड १९) ले आक्रान्त बनेको । यस्तो समयमा सबैलाई घरमै बस्न अनुरोध गरिएको छ । म पनि घरमै बसेर जनताका दैनिक जिबनमा असर परिरहेका बिषयबस्तुहरु नियाल्दै ती समस्या समाधानको लागि सम्बन्धित पक्षसंग कुराकानी गरि हदैसम्म समाधान गर्न लागि परेको छु । ईन्टरनेटको दुनियाँले बिश्वलाई एउटै ठाउँमा जोडेको छ । त्यसैले अहिले कतिपय समस्य यहीँ माध्यम प्रयोग गरेर बुझ सकिन्छ र त्यसलाई समाधानको पाटोतिर लैजान सकिन्छ ।
आफ्नो देश र घरपरिवारको मायाले तानेर भारतबाट नेपाल आउदै गर्दा बोर्डरम अलपत्र परेका नेपाली हुन् या वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देश कतार, मलेसिया , साउदी अरब , दुबई , कुवेत लगायतका देशमा रहेका नेपालीहरु हुन् वा पिआर लिएर युरोप तिर बसेका नेपालीहरु नै किन नहुन यस्तो बेलामा उहाँहरुसंग यहीँ ईन्टरनेटको माध्यमबाट कुराकानी गर्ने समस्य समाधानको लागि सम्बन्धित निकायलाई जानकारी गराएर समस्या समाधान गर्न तिर लागेको छु ।
आफै सम्झाइ बुझाइ गरेर समाधान हुने रहेछ भने आफै सम्झाइ बुझाइ तिर लाग्ने गरेको छु । अन्य समयमा जसरी यो लकडाउनको समयमा देश जनताकोलागि खट्न नसकिएपनी टेलिफोन , इमेल ईन्टरनेटको माध्यमबाट आफ्नो सक्रियता कायम राखेको छु । अन्य दिनहरु भन्दा नितान्त फरक रहेको अहिले समयमा आफ्नो सक्रियतासंगै बचेको समयमालाई शारीरिक ब्यायाम र अध्यनमा उपयोग गरेको छु । त्यतिमात्रै होइन हरेक दिन घर परिवारकोलागि समय अपुग भएको हुन्थ्यो तर अहिले भने यो समयले घर परिवारसंगको स्नेह अझ प्रगाढ गरेको छ ।
जिल्लामा बसेर समन्वयकारी भुमिका निर्वाहगरेकी छु – मना केसी जिसी
नेकपा केन्द्रिय सदस्य तथा सांसद मना केसी जिसी बाग्लुङबाट संघीय संसदमा प्रतिनिधित्व गर्नुहुन्छ। यस्तो छ उँहाको लकडाउनमा सक्रियता र दैनिकी : सरकारले गरेको लकडाउनलाई हामीले कसैले उलंघन गर्न हुदैन हामीले त कसैले उलंघनगर्न खोज्यो भने उसलाई सम्झाइ बुझाइ गर्नु पनि हाम्रो दायित्व हो ।
त्यसैलेले जिल्लामै बसेर टेलिफोन सामाजिक संजाल लगायतको प्रयोग गरेर बाग्लुङ जिल्लामा समन्वयकारी भुमिका निर्वाह गरेकी छु । आफ्नो निर्वाचन जिल्ला भएको हुँदा सबै जनताहरु मेरो सम्पर्क नम्बर भएको हुँदा उहाँहरु विभिन्न समस्य भएको भन्दै आउने फोन कललाई सम्बन्धित निकायसंग समन्वयकारी भुमिका निर्वाह गरेकी छु । कसैले औषधि पाइएन भन्नुहुन्छ । कसैले हस्पिटल जानकोलागि एम्बुलेन्स पाइएन भन्नुहुन्छ । कसैलाई खाद्यान्नको अभाव छ ।
ती त्यस्तै समस्यहरुको लागि आउने फोन र ती समस्य समाधानको लागि गरिएको समन्वयले नै अहिले लकडाउनको समय बितेको छ । बाहिर हिड्ने अवस्था नभएको हुँदा घरमै बसेर टेलीफोन समाज संजाल लगायत मार्फत गुनासो सुन्ने र सम्बन्धित निकाय जस्तै हस्पिटल जान एम्बुलेन्स नभए उपलब्ध भएन भनेर कसैले कल गर्नुभयो भने एम्बुलेन्सको जोहो गर्ने । हस्पिटलमा औसधिको अभाव भयो भने त्यसलाई कहाँबाट परिपुर्ति गर्ने त्यतिमात्रै होइन बजारमा ग्यास लगायत खाद्यान्न अभाव हुन नदिन पनि समन्वयकारी भुमिका खेलेर बसी राखेकी छु ।
जिल्लामै बसेर जिल्लावासिको लागि खटिएको छु – पदम गीरी
पर्वत जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा युवा नेता तथा सांसद पदम गीरीको यस्तो छ उँहाको लकडाउनमा सक्रियता र दैनिकी उँहाकै शब्दमा पर्वत जिल्ला एउटा मात्रै निर्वाचन क्षेत्र भएको जिल्ला हो यहाँका हरेक सुखदुःखमा मेरो साथ अनिवार्य छ ।
सरकारले लगडाउन गरे लगत्तै म जिल्ला फर्किएको छु र मलाई निर्वा्चित गर्ने जनतालाई कसरी स्वास्थ राख्न सकिन्छ अथवा अहिले बिश्वाभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को बिषयमा कसरी सजग बनाउन सकिन्छ भन्ने काममा खटिएको छु ।
जिल्लामा कोरोना अस्पताल बनाउनको लागि मैले तीन महिनाको तलब दिएको छु । यसको लागि आवश्यकपर्ने सामग्रीहरु जुटाउन जिल्लामा रहेका सबै स्थानीय तहहरुमा यसको अवस्था बुझ्ने जिल्ला प्रशासन कार्यलाई मार्फत जिल्लामा भैइ परि आउन सक्ने अवस्थाको लागि सजकता अपनाउन लागी परेको छु । पहिलेको जस्तो ब्यस्तसमय नभएको हुँदा यी कामबाट बचेको समयमा अध्यन गर्ने गरेको छु ।