logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • टि २० क्रिकेटमा लुम्बिनीको जित

    टि २० क्रिकेटमा लुम्बिनीको जित

    567
    Shares
    टि २० क्रिकेटमा लुम्बिनीको जित

    काठमाडौँ । वीर गणेशमान सिंह ट्वान्टी टि २० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई हराउदै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ ।

    मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई सात विकेटले पराजित गरेको हो । जितसँगै लुम्बिनीले तीन खेलमा चार अंकजोडेको छ । यसअघि गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको लुम्बिनीले मधेससँग २७ रनले पराजित भएको थियो ।

    कर्णालीले प्रस्तुत गरेको ८२ रनको सामान्य लक्ष्य लुम्बिनीले १२ दशमलव दुई ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीका लागि कप्तान देव खेनालले २९ बलमा सात चौका र एक छक्काको मद्दतले अविजित ५१ रन बनाए । यसैगरी मृर्नाल गुरुङले १३ रन जोडदा विराट भण्डारीले अविजित १० रन बनाए ।

    कर्णालीका लागि कप्तान दिवान पुनले दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले १६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ८१ रनको योगफल बनाएको थियो । उसका लागि अर्जुन घर्तीले सर्वाधिक २८ रनको योगादन दिए भने दिवान पुनले १२ तथा दीपेन्द्र रावलले ११ रन बनाए ।

    कर्णालीलाई सस्तैमा समेट्नेक्रममा लुम्बिनीका देव खनाल अविशेक गौतम र वीर मगरले समान दुई–दुई विकेट लिए भने निर्मल गुरुङ, कृष्ण कार्की र नर सार्कीले समान एक(एक विकेट लिए ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend