काठमाडौँ — सरकारले ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ को अध्यक्षमा देवीप्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद् बैठकले गठन गरेको भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बाँड्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग घरघडेरी र खेतीपातीका लागि जग्गा उपलब्ध गराउन सक्रिय रहने छ।
नेकपा नेता समेत रहेका ज्ञवालीको अध्यक्षताम बनेको आयोगको सदस्यमा जगत् देउजा, भीमबहादुर कार्की, मञ्जली शाक्य र दिनेशचन्द्र यादव सदस्य छन् भने बाँकी सातवटा प्रदेशमा प्रदेश सरकारले तोकेका एक/एक जना सदस्य रहनेछन् ।
आयोगको अध्यक्षलाई राज्यमन्त्री र सदस्यलाई विशिष्ट श्रेणी (सचिव) को तलब भत्ता, गाडी, इन्धनलगायतको सुविधा दिइने छ । सुकुम्बासी आयोगको प्रदेशस्तरमा भने कुनै संरचना हुने छैन ।
तत्कालीन स्थानीय निकायको निर्वाचनमा चितवनको भरतपुरमा रेणु दाहालसंग चुनाव लडेका ज्ञवाली राष्ट्रिय राजनीतिमा सधै चर्चित पात्र बनेका थिए।