logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • अर्जुनराज खनियाको एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

    अर्जुनराज खनियाको एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

    805
    Shares
    अर्जुनराज खनियाको एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

    काठमाडौं । एनआईसी एसिया बैंकका अर्जुनराज खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन् । यसअििघ उनी बैंकको सहायक महाप्रबन्धक थिए । सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले एनआइसी एसियाका विभिन्न शाखाहरु, विभागहरुमा दुइ दशक भन्दा बढी समय काम गरेको अनुभव छ।

    सन् २००४ मा नेपाल बैंकमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनियाले सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भएका थिए । बैंक अफ एसिया एनआइसीमा समाहित भएको थियो ।

    बैंकका विभिन्न विभागहरुमा प्रमुखको रुपमा नेत्तृत्वदायी भुमिकामा रही बैंकको व्यवसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा योगदान दिएका खनिया हाल बैंकको स्ट्राटेजिक पफर्मेन्स म्यानेजमेन्ट इकोसिष्टम प्रमुख, प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend