कास्की, ८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले लकडाउनका कारण पोखरामा कसैलाई खान बस्न समस्या भएको भए तत्काल आफुलाई सम्पर्क गर्नु आग्रह गर्नुभएको छ।
पोखराका युवाहरुको संगठन पौरखी स्वयम् सेवी समुहले गरिव, असहाय, दैनिक ज्यालादारी गर्ने मजदुर, सडक मानवलगायतका संचालन गरेको खाना खुवाउने कार्यक्रमलाई सहयोग गर्दै सांसद पहारीले बन्दाबन्दीको समयमा कसैलाई संकटमा पर्न नदिने बताउनु भयो।
विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण कोही मानिस भोकै बस्नु नपर्ने बताउँदै यदि कसैलाई कठिन छ भने मलाई फोन गर्नुस खाने बस्ने व्यवस्था म गर्छु कार्यक्रममा उंहाले भन्नुभयो । अन्य ठाउँमा राहत वितरण गरीएकोमा पोखरामा भने खाना बनाएरै घर घरमा पुर्याएर जोखिम कम बनाएको भन्दै पौरखी युवाहरुको प्रशंसा समेत गर्नुभएको थियो।
सोमबार पौरखी स्वयम् सेवी समूहको कार्यक्रममा ७ बोरा चामल र तीन कार्टुन खाने तेल सहयोग गर्नुभएका पहारीले अब हरेक दिनको खाद्य सामाग्री व्यवस्थापन आफुले गरिदिने समेत प्रतिवद्धता जनाउनु भएको छ।
सोही कार्यक्रममा संस्थाका सदस्य राजु तिम्सिनाले आजसम्म गरिव, असहाय, मजदुरलगायतका करव ११ सय परिवारलाई पौरखी स्वयम् सेवी समुह खाना खुवाएको जानकारी दिनुहुँदै आजदेखि सांसद पहारी समेत आवद्ध हुनुभएकोमा थप उत्साहित भएको समेत बताउनु भएको थियो।